विराट गोल्डकप माघ २९ देखि
विराटनगर, २७ माघ । सर्वाधिक राशि रु पाँच लाख पुरस्कार भएको विराट गोल्डकप फुटबल प्रतियोगिता यही माघ २९ देखि फागुन ९ गतेसम्म विराटनगरको सहिद रङ्गशालामा हुने भएको छ ।
प्रतियोगितामा नेपाल तथा भारतका १० ‘ए’ डिभिजन क्लबको सहभागिता रहने यहाँ आज आयोजित पत्रकार सम्मेलनमा आयोजक समितिका संयोजक राजेन्द्र राउतले जानकारी गराउनुभयो । प्रतियोगितामा नेपालका त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, एपिएफ टिम, मनाङ मस्र्याङ्दी क्लब, थ्रीस्टार क्लब, मोरङ फुटबल क्लब, झापा ११, जगदम्बा लुम्बिनी फुटबल क्लब रुपन्देही तथा भारतबाट युनाइटेड सिक्किम फुटबल र क्लब जर्ज टेलिग्राफ कोलकोता छन् ।
प्रतियोगिताको विजेताका लागि रु पाँच लाख एक हजार र उपविजेताका लागि रु तीन लाख एक हजार पुरस्कार व्यवस्था गरिएको छ । विसं २०१८ देखि महेन्द्र गोल्डकपका रुपमा सञ्चालन हुँदै आएको सो प्रतियोगिता २०६७ सालदेखि विराट गोल्डकपका नाममा सञ्चालन भइरहेको छ ।
अमेरिकाको मिनेसोटा राज्यको एक तालमा १ बालक मृत अवस्थामा फेला अन्य २ जना अझै बेपत्ता ,हत्याको शंका
न्युयोर्कका सांसदहरूले सरकारी भवन र विद्यालयमा लुकाएर हतियार बोक्न प्रतिबन्ध लगाउने विधेयक पारित
न्यूयोर्कको लायन्स क्लब अफ क्विन्स बुद्धको अध्यक्ष पदमा बिक्की पुलामी निर्वाचित
फ्लोरिडा राजमार्ग गस्तीद्वारा मानव तस्करीका विभिन्न घटनामा दुई दिनमा दुई जना पक्राउ
अमेरिकाको केन्टकीमा बन्धुकधारीको आक्रमणबाट २ प्रहरीहरुको मृ्त्यु
प्रतिक्रिया