जजिराका पत्रकारले स्वतन्त्रताका लागि इजिप्टको नागरिकता त्यागे
काइरो, २० माघ । अल–जजिराका पत्रकार मोहमद फाहमीले काइरो कारागारबाट मुक्त हुन उसका अस्ट्रेलियाली मित्र पिटर ग्रेस्टले झै इजिप्टको आफ्नो नागरिकता त्यागेको उनका परिवारले मङ्गलबार बताएका छन् ।
इजिप्टका राष्ट्रपति अब्देल फताह अल–सिसीले नोभेम्बर महिनामा विदेशी नागरिकलाई उनीहरुको मुलुक पठाउने आदेशमा हस्ताक्षर गर्नुभएपछि आफूलाई मुक्त गर्न फाहमीले आफ्नो इजिप्टको राहदानी समर्पण गरेको बताइएको छ । फाहमी क्यानडाका पनि नागरिक हुन् ।
ग्रेस्ट आइतबार मुक्त भएका थिए भने क्यानडाका विदेश मन्त्री जोन बेयर्डले फाहिमी पनि तत्कालै रिहा हुने जानकारी दिनुभएको थियो ।
यी दुई व्यक्तिलाई इजिप्टका उत्पादक बेहर मोहमदका साथमा सन् २०१३ को डिसेम्बरमा पक्राउ गरिएको थियो । पछि उनीहरुले मुस्लिम ब्रदरहुडलाई सहयोग गरेको भनी निजलाई १० वर्षको सजाय तोकिएको थियो ।
उनीहरुलाई पक्राउ गर्दा सिसीको सार्वजनिक सम्बन्ध प्रभावित भएको थियो । उहाँले सन् २०१३ मा मोहमद मोर्सीलाई पदमुक्त गरेपछि इस्लामीसमूहमाथि कारवाही गरिरहनुभएको छ ।
फाहिमीका एक नातेदारले आफ्नो परिचय नबताउने सर्तमा निजले आफ्नो इजिप्टको नागरिकता परित्याग गरेको बताए । रासस/एएफपी
न्युयोर्कको म्यानह्याटनमा गोली हानी ३६ बर्षिय मानिसको हत्या
भर्जिनियामा ५ बर्षिय बालक अपहरणमा परेपछि प्रहरीद्वारा एम्बर सतर्कता जारी
अमेरिकामा एकैदिनमा १ लाख ३७ हजार कोरोनाबाट सक्रमित,१ हजार ३ सयको मृत्यु
को हुन् नबराज के सी ?
ट्रम्पले व्हाइट हाउस छोड्ने बेलामा करिव १ सय भन्दा ज्यादालाई क्षमादान दिने सम्भावना
प्रतिक्रिया