अमेरिकी राष्ट्रपति ओबामाद्वारा चार हजार अर्ब अमेरिकी डलरको बजेट प्रस्तुत
वासिङटन, १९ माघ । अमेरिकी राष्ट्रपति बाराक ओबामाले खर्च तथा कर सुधारका साथमा चार हजार अर्ब अमेरिकी डलर बराबरको बजेट प्रस्तुत गर्नुभएको छ भने यो बजेट रिपब्लिकनको नियन्त्रणमा रहेको कङ्ग्रेसमा आइपुग्दा अगाडि बढ्न नसक्ने देखिन्छ ।
सोमबार जारी भएको विस्तृत विवरणमा राष्ट्रपति ओबामाले वर्षौँसम्मको मितव्ययिपनापछि स्वस्थ्य अर्थतन्त्रमा आधारभूत संरचना, अनुसन्धान तथा सेनामा ठूलो रकम खर्च गर्ने योजना बनाउनुभएको देखिएको छ ।
वरिष्ठ अधिकारीहरूले यो योजना मध्यमबर्गीय परिवार तथा अर्थतन्त्रका अग्रपङ्क्ति तथा केन्द्रमा रहेको परिवारलाई सहयोगी हुने बताएका छन् । उनीहरूले यसले वित्तीय अनुशासन पुनस्र्थापना गर्ने काममा प्रगतिलाई निरन्तर राख्ने बताएका छन् ।
यस योजनाले कूल ग्राहस्थ उत्पादनको तीन प्रतिशत घाटा कायमै रहने व्यवस्था गरेको छ । यसलाई अर्थशास्त्रीहरूले सामान्यतया दिगो मानेका छन् ।
एक वरिष्ठ प्रशासनिक अधिकारीले सन् २०१६ मा बजेट घाटा ४७४ अर्ब अमेरिकी डलर बराबर हुने बताए । उनले यो कुल गार्हस्थ उत्पादनको २.५ प्रतिशत हुने बताए । यसैगरी यी अधिकारीले कुल गार्हस्थ उत्पादनको ७५ प्रतिशत ऋण रहने पनि जानकारी दिए ।
यस बजेटको पूर्ण विवरण सोमबार सार्वजनिक हुनेछ ।
राष्ट्रपति ओबामाले यस विषयमा गृहसुरक्षा मन्त्रालयमा एक भाषण दिनुहुनेछ । हाल यो मन्त्रालय नै रिपब्लिकनसँग बजेट सङ्घर्षको संस्था भएको छ । यसले राष्ट्रपति ओबामा लडाकूको रूपमा प्रस्तुत हुनुहुने देखाएको छ ।
रिपब्लिकनहरू गैर सैनिक खर्च वृद्धि रोक्ने कुरामा अडानमा रहेका छन् । साथै करमा देखिएका कमजोरी हटाउने मनसायमा छैनन् ।
बाइडेनद्वारा ओभल कार्यालयमा नागरिक अधिकार र मजदूर नेताहरूका तस्बिरहरुको बेजोड सजावट
अमेरिकी सदनमा आक्रमणपछि अमेरिकी सदनका३८ प्रहरी र १५० राष्ट्रिय सैनिक कोभिड-१९ बाट संक्रमित
रिपब्लिकनका प्रतिनिधि सभा सदस्यले बन्दुक लिएर सभाकक्ष प्रवेशगर्दा उनलाई रोक
नेपाली फोहोरी राजनीति, ओली, प्रचण्ड, माधव, देउबा र बाबुरामहरु : एउटा भिडियो आलेख – रामप्रसाद खनाल
बाइडेनलाई राष्ट्रपति हुन नदिन सशक्त रुपमा लागेका दुई सिनेटर क्रुज र हले बिरुद्ध सिनेटमा नैतिक उजुरी पेश
प्रतिक्रिया