सुन्तली धामीको बलात्कार मुद्दामा दायर रिट खारेज
काठमाडौँ, १८ माघ । सुन्तली धामीलाई बलात्कार गर्ने सहकर्मी तीन प्रहरी जवानले दायर गरेको रिट निवेदन आज सर्वोच्च अदालतले खारेज गरेको छ ।
सहकर्मी धामीलाई बलात्कार गरेको अभियोग लागेका प्रहरी जवान वीरादत्त बडू, नीरमान महतरा र दानसिंह भण्डारीले आफूहरुलाई सुनुवाइको मौका नदिई सर्वोच्च अदातलले विगतमा दिएको आदेशविरुद्ध दायर रिट निवेदनमा सुनुवाइको मौका नरोकेको भन्दै न्यायाधीशद्वय कल्याण श्रेष्ठ र ओमप्रकाश मिश्रको संयुक्त इजलासले सो रिट खारेज गरेको हो ।
आदेशमा भनिएको छ, “भइरहेको अभियोजनसम्बन्धी प्रणालीमा अभियोजन नगरेको अवस्था र पीडितले उजुर गर्ने तथा त्यसको पर्याप्त सम्बोधन गर्ने भरपर्दो प्रणाली व्यवस्थित गरेको नहुँदा अन्तिम विकल्पको रुपमा न्यायिक पुनरावलोकनलाई ग्रहण गर्न मिल्ने भन्न पनि नमिल्ने हुनाले अघिको पूर्ण इजलासको निर्णयसम्म असहमत हुन सक्ने अवस्था रहेन, तसर्थ प्रस्तुत रिट निवेदन खारेज हुने ठहर्छ ।”
आरोपित ती प्रहरी जवानले २०६८ असार ९ मा सुनुवाइको मौका दिनुपर्ने माग गर्दै रिट दायर गरेका थिए ।
नर्थ क्यारोलाइनामा एनआरएनए ज्ञान सम्मेलन तथा साधारण सभाको उद्घाटन कार्यक्रम सुरु
एनआरएनए साधारण सभाको लागि एनआरएनए अन्तर्राष्ट्रियका अध्यक्ष द्वय कूल आचार्य तथा रबिन थापा नर्थ क्यारोलाइनामा आगमन
किशोर पन्थीको पुस्तक ‘अन्ट्रान्सलेटेबल’ अमेरिका सहित विश्वका १२ देशमा अमेजनमार्फत हार्डकभर र पेपरब्याकमा
एनआरएन एनसीसी अमेरिकाको ११ औं साधारणसभाको तयारी पुरा ,केही समय पछि उद्घाटन सुरु
साढे दश फीट अग्लो शिव मूर्ति डिसी महानगरमा भित्रियो
प्रतिक्रिया