नारायणगढका एक व्यवसायिद्धारा आर्थिक सहयोग
इनेप्लिज
२०७१ पुष १८ गते १६:५३ मा प्रकाशित
पुष १८ गते
पूर्वि चितवनको रत्ननगर १० मंगलपुरमा रहेको गाामबेसीको चेपाङ संरक्षण केन्द्रमा खानेपानीको रकम भुक्तानी गर्न नसकि लाइन काटिएको थाहा पाइ नारायणगढका एक व्यवसायिले आर्थिक सहयोग गरेका छन । लिला चोक निवासी व्यवसायि एवंम समाजसेवी उमा शंकर अग्रवालले रत्ननगर खानेपानी तथा सरसफाई उपभोक्ता समितिलाई बिल र्तिनको लागी १३ हजार रुपँया सहयोग गरेका हुन ।
केन्द्रमा आर्थिक अभावका कारण ६ महिनादेखि खानेपानीको महशुल भुक्तानि गर्न बाँकी रहेको थियो । समितिले हिजो सो केन्द्रको लाइन काटेको थियो । लाइन काटिएपछि केन्द्रमा आश्रित बालबालिकाहरु खोलाको पानी खान बाध्य थिए । संरक्षण केन्द्रमा चितवन र मकवानपुरका विपन्न ७७ चेपाङ बालबालिका आश्रित छन ।
नर्थ क्यारोलाइनामा एनआरएनए ज्ञान सम्मेलन तथा साधारण सभाको उद्घाटन कार्यक्रम सुरु
एनआरएनए साधारण सभाको लागि एनआरएनए अन्तर्राष्ट्रियका अध्यक्ष द्वय कूल आचार्य तथा रबिन थापा नर्थ क्यारोलाइनामा आगमन
साढे दश फीट अग्लो शिव मूर्ति डिसी महानगरमा भित्रियो
एएनए सम्मेलनमा अमेरिका-नेपाल आउने जाने टिकट जित्न सकिने
अमेरिकाको मिनेसोटा राज्यको एक तालमा १ बालक मृत अवस्थामा फेला अन्य २ जना अझै बेपत्ता ,हत्याको शंका
प्रतिक्रिया