कीर्तिमानी तेक्वान्दो खेलाडी दीपक विष्टबाट सन्यास घोषणा
काठमाडौँ, १७ माघ । दक्षिण एसियाका कीर्तिमानी तेक्वान्दो खेलाडी दीपक विष्टले खेलबाट सन्यास लिने घोषणा गर्नुभएको छ ।
तेक्वान्दो रिङमा प्रतिस्पर्धा गर्न छाडेको करिब पाँच वर्षपछि विष्टले आज यहाँ आयोजित कार्यक्रममा तेक्वान्दोबाट सन्यास लिएको औपचारिक घोषणा गर्नुभएको हो । २८ वर्षीय विष्टले दक्षिण एसियाली साग खेलकुदको पहिल्लो चार संस्करणमा लगातार स्वर्ण पदक जित्नुभएको थियो ।
विष्टले सन् १९९९ मा काठमाडौँमा आयोजित आठौँ, सन् २००४ मा पाकिस्तानमा आयोजित नवौँ र सन् २००६ मा श्रीलङ्कामा आयोजित ११ औँ लगायतका साग स्वर्ण पदक जित्नुभएको थियो ।
कार्यक्रममा विष्टलाई सरकार, विभिन्न सङ्घ/संस्था तथा शुभचिन्तकले संयुक्त रुपमा भक्सवागनको पोलो गाडी (कार) उपहार समेत दिएका छन् । सरकारले सो गाडीका लागि भन्सार मिनाहा गरिदिएको छ ।
त्यसैगरी, विष्टका शुभचिन्तक सुनिल कटुवालले विष्टलाई रु एक लाख नगद प्रदान गर्नुभयो । दन्त चिकित्सक राजेन्द्र भट्टले मायाको चिनो प्रदान गर्दै विष्टलाई आजीवन निःशुल्क दन्त परीक्षण गर्ने घोषणा गर्नुभयो ।
विष्टले खेलकुदको क्षेत्रमा पुर्याएको योगदानका लागि धन्यवाद र आगामी जीवनको प्रगतिको कामना गर्दै प्रधानमन्त्री सुशील कोइरालाले पठाउनुभएको शुभकामना सन्देश कार्यक्रममा वाचन गरिएको थियो ।
कार्यक्रममा वाणिज्य तथा आपूर्तिमन्त्री सुनिलबहादुर थापाले व्यक्तिगत र पार्टीगत स्वार्थमा केन्द्रित भएर खेलकुद क्षेत्रमा कुनै पनि किसिमको राजनीति नगर्न आग्रह गर्नुभयो ।
युवा नेता तथा सभासद् गगन थापाले राज्य र सरकारले खेलकुदलाई अहिले पनि सामान्य रुपमा लिएको हुँदा समग्र खेलकुदको बारेमा बहस गरिनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
राष्ट्रिय खेलकुल परिषद्का सदस्य सचिव युुवराज लामाले खेलकुललाई आगामी संविधानमा मौलिक अधिकारभित्र सुनिश्चित गरिनुपर्ने माग गर्नुभयो । सोही अवसरमा तेक्वान्दो खेलबाट सन्यास लिएका विष्टले तेक्वान्दो खेलबाट सन्यास लिएपनि बाँकी जीवन सोही क्षेत्रमा अभिभावकको भूमिका निर्वाह गर्ने जानकारी दिनुभयो ।
नर्थ क्यारोलाइनामा एनआरएनए ज्ञान सम्मेलन तथा साधारण सभाको उद्घाटन कार्यक्रम सुरु
एनआरएनए साधारण सभाको लागि एनआरएनए अन्तर्राष्ट्रियका अध्यक्ष द्वय कूल आचार्य तथा रबिन थापा नर्थ क्यारोलाइनामा आगमन
साढे दश फीट अग्लो शिव मूर्ति डिसी महानगरमा भित्रियो
एएनए सम्मेलनमा अमेरिका-नेपाल आउने जाने टिकट जित्न सकिने
अमेरिकाको मिनेसोटा राज्यको एक तालमा १ बालक मृत अवस्थामा फेला अन्य २ जना अझै बेपत्ता ,हत्याको शंका
प्रतिक्रिया