धादिङका मानवबेचविखन आरोपीलाई थुनामा राख्न आदेश
गजुरी (धादिङ), १५ माघ । दुई बालिकालाई ललाइ फकाइ बिक्री गर्न लागेको भन्ने आरोपमा गिरफ्तार गरिएकी नीलकण्ठ गाविस– ४ बिमिरेकी ३७ वर्षीया ठूलीकाली गुरुङलाई जिल्ला अदालतले आज पुर्पक्षका लागि थुनामा राख्न आदेश गरेको छ ।
नौबिसे गाविसका १४ र १५ वर्षीया दुई बालिकालाई बिक्री गर्न घरबाट ललाइ फकाइ केटा हेर्न बोलाएर बिक्री गर्न खोजेको आरोप लगाइ पीडित पक्षले इलाका प्रहरी कार्यालयमा खबर गरेपछि अभियुक्त गुरुङलाई गत पुस २२ गते नौबिसे गाविस–६ टायलघरबाट गिरफ्तार गरिएको थियो ।
प्रहरीको सहयोगमा आफूहरुलाई उद्धार गरिएको बताउँदै बिक्रीका लागि लैजान लागेको किटानी जाहेरी पीडित पक्षले पुस २३ गते जिल्ला प्रहरी कार्यालयमा दिएका थिए । प्रहरीले अनुसन्धानपछि आज जिल्ला अदालतमा पेस गर्दा जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश गरेको हो ।
बलात्कार आरोपी गिरफ्तार
खाल्टे गाविसकी एक २५ वर्षीया युवतीलाई बलात्कारको आरोपमा खाल्टे गाविस–८ धुसेनीका ३० वर्षीय सागर गुरुङलाई आज प्रहरीले पक्राउ गरेको छ ।
माइती घरमा बसेकी अपाङ्ग अवस्थाकी युवतीलाई यही माघ १ गते राति घरभित्र पसी गुरुङले बलात्कार गरेको पीडितले आज दिएको जाहेरीमा उल्लेख गरेकी छिन् ।
न्याकको आयोजना तथा केसी डान्स सेन्टरसंगको सहकार्यमा सामुदायिक स्वास्थ्य कार्यक्रम नेपाली जुम्बा प्रस्तुति हुने
न्याक महिला विभागको अन्तरक्रिया कार्यक्रममा आमन्त्रण
सदाबहार नायक दिलिप रायमाझी र अशिष्मा नकर्मी अभिनित रानीको ‘चल्यो मायाको बतास’ रिलिज ( भिडियो )
प्रबल गुरुगले बनाएको पोशाक कमला ह्यारिसले प्रार्थना सभामा लगाईन
सदनमा प्रहरीलाई आक्रमण गर्ने कनेक्टिकटका व्यक्ति न्युयोर्कमा पक्राउ
प्रतिक्रिया