जापानी नागरिकको हत्यामा प्रधानमन्त्री अबेको कमजोरीः चिनियाँ पत्रिका
बेइजिङ, १२ माघ । एक चिनियाँ पत्रिकाले इस्लामिक स्टेटले गरेको जापानी नागरिकको हत्यामा जापानी प्रधानमन्त्रीको सिन्जो अबेको कमजोरी रहेको भनी टिप्पणी गरेको छ ।
एक चिनियाँ पत्रिकाले सोमबारको सम्पादकीयमा जापानी प्रधानमन्त्रीमाथि सो दोषारोपण गरेको छ ।
सो पत्रिकाले अपहरित ती जापानी नागरिकको हत्याका लागि जापान सरकारले कूटनीतिक पहल गर्न नसकेको भनेको छ ।
दुईजना जापानी नागरिकको अपहरण गरेको आइएसले जापान सरकारसँग २० करोड अमेरिकी डलर फिरौती मागेका थिए ।
तर जापान सरकारले फिरौती दिन नमानेपछि दुईमध्येको एकजनालाई उनीहरुले आइतबार शिरछेदन गरी हत्या गरेको भिडियो सार्वजनिक गरेका छन् ।
चिनियाँ कम्युनिष्ट पार्टीको मुखपत्र पिपुल्स डेलीसँग सम्बन्धित रहेको अर्को पत्रिका ग्लोबल टाइम्सले ती जापानीको हत्याका कारण अमेरिकासँगको जापानी निकटताका कारणले हो भनी टिप्पणी गरेको छ ।
सो हत्याको विश्वका नेताहरुले कडा शब्दमा निन्दा गरेका छन् । उता जापानले भने सो हत्याका बारेमा पुष्टि गर्ने काम भइरहेको जनाएको छ । रासस/एएफपी
अमेरिकाले ताइवानको रक्षा गर्न सैन्य हस्तक्षेप गर्नेछ :बाइडेन
क्विन्स टुगेदरको आयोजनामा जिपी कोइराला फाउन्डेसन अमेरिकाको सकृयता।
टेक्ससका ग्रामीण अधिकारी गाईवस्तु चोरेको आरोपमा पक्राउ
न्यूयोर्क शहरको भूमिगत रेल ४८ वर्षीय व्यक्तिको छातीमा गोली लाग्दा मृत्यु
न्यूयोर्कको ब्रुकलिन अर्ध म्याराथनमा लडेर धावकको मृत्यु
प्रतिक्रिया