नवलपरासीमा अन्तर्राष्ट्रिय विराट कुस्ती (दंगल) प्रतियोगिता
परासी, १० माघ । नवलपरासीमा आगामी माघ १६ गतेबाट सञ्चालन हुने अन्तर्राष्ट्रिय विराट कुस्ती (दंगल) प्रतियोगिताको तयारी पूरा भएको छ ।
नवलपरासीको सेमरीमा आज आयोजित पत्रकार सम्मेलनमा कुस्ती प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजक समितिले जानकारी दिएको छ ।
सो प्रतियोगितामा महिला र पुरुषका लागि फरक–फरक प्रतिस्पर्धा गराइने छ । प्रतियोगितामा नेपाल र भारतका करिब ५०० बढी महिला तथा पुरुष पहलवानहरुको सहभागिता रहने छ ।
प्रतियोगितामा प्रथम हुने पहलवानलाई रु एक लाख, दोस्रो हुनेलाई रु ५० हजार र तेस्रो हुनेलाई रु २५ हजार पुरस्कार प्रदान गरिने दंगल प्रतियोगिताको मूल समितिका संयोजक रामभवन यादवले जानकारी दिनुभयो ।
तीन दिन चल्ने प्रतियोगितामा सहभागी हुने पहलवानहरुलाई निःशुल्क सहभागी गराउने जानकारी दिइएको छ ।
प्रतियोगितामा भारतको उत्तर प्रदेश, विहार, मध्यमाञ्चल, अयोध्या, लखनउ, दिल्ली, महाराष्ट्र र नेपालको पोखरा, बारा, पर्सा, वीरगन्ज रुपन्देही, कपिलवस्तु नवलपरासीलगायतका पहलवानहरुको सहभागिता हुने आयोजकले जानकारी दिएको छ ।
साढे दश फीट अग्लो शिव मूर्ति डिसी महानगरमा भित्रियो
एएनए सम्मेलनमा अमेरिका-नेपाल आउने जाने टिकट जित्न सकिने
अमेरिकाको मिनेसोटा राज्यको एक तालमा १ बालक मृत अवस्थामा फेला अन्य २ जना अझै बेपत्ता ,हत्याको शंका
न्युयोर्कका सांसदहरूले सरकारी भवन र विद्यालयमा लुकाएर हतियार बोक्न प्रतिबन्ध लगाउने विधेयक पारित
न्यूयोर्कको लायन्स क्लब अफ क्विन्स बुद्धको अध्यक्ष पदमा बिक्की पुलामी निर्वाचित
प्रतिक्रिया