एम्बुलेन्स खरिदका लागि पुराण सुरु
इलाम, ५ माघ । गाउँमा एम्बुलेन्स खरिदका लागि इलामको नामसालिङमा आइतबारदेखि श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ सुरु भएको छ ।
महायज्ञको पहिलो दिन स्थानीय व्यापारी प्रदीप मित्तलले बाबु द्वारिकाको सम्झनामा रु एक लाख ५१ हजार १११ र सुरेन्द्र नेपालले रु एक लाख एक हजार १११ दिने घोषणा गर्नुभएको छ ।
सिंहदेवी कृषि सहकारी संस्थाको सक्रियतामा शुक्रबारेबजार समितिले आयोजना गरेको पुराणको उद्घाटनका क्रममा १०८ कलश यात्राले बजार परिक्रमा गरेको थियो ।
नामसालिङ, सोयाङ र नयाँबजार गाविसलाई लक्षित गरेर एम्बुलेन्स खरिद सहयोगार्थ पुराणको आयोजना गरेको सहकारीकी अध्यक्ष वसुधा मोक्तानले बताउनुभयो ।
पुराणबाट रु २० देखि २५ लाख आर्थिक सङ्कलन गर्ने लक्ष्य लिएको समितिले जनाएको छ । पुराणमा आरती, सङ्गीतमय कथा प्रवचन, मूलपाठ भजनकीर्तनसहित दिव्य झाँकी दर्शनलगायत कार्यक्रम हुने बताइएको छ । पुराणमा पण्डितद्वय रमेश ढुङ्गाना र वेदप्रसाद पौड्यालले कथा वाचन गरिरहनुभएको छ ।
न्यूयोर्कमा सिटी काउन्सिल जिल्ला २५ का उम्मेदवार यी(एन्डी)चेनको समर्थनमा कार्यक्रम हुने
अमेरिकामा कोरोना संक्रमित र मृत्यु हुनेको संख्यामा वृद्धि हुदै ,चार जनामा एक जना वयस्कलाई पूर्ण खोप
गैरआवासीय नेपाली संघको पौष मसान्त सम्मको हिसाब किताबको बिबरण सार्वजनिक
बाइडनले सामूहिक गोलीबारी पछि दबाब बढ्दै जाँदा सीमित बन्दूक प्रतिबन्धको घोषणा
टेक्ससको ब्रायनमा गोलीबारी हुँदा १ जनाको मृत्यु,५ जना घाइते
प्रतिक्रिया