राप्रपा नेपालको संविधानप्रतिको चिन्ता
काठमाडौँ, ३० पुस । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले माघ ८ गतेभित्र संविधान जारी गर्न नसक्ने हो भने सहमति हुन नसकेका विषय धर्मनिरपेक्षता, गणतन्त्र र सङ्घीयताबारे जनमत सङ्ग्रह गरिनुपर्ने आवश्यकतामा जोड दिएको छ ।
पार्टीको केन्द्रीय कार्यसमितिको बैठकको निर्णय सार्वजनिक गर्न आज आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष कमल थापाले नेपाली जनताको चाहना तथा राजनीतिक दलहरुको सामूहिक प्रतिबद्धताका बाबजुद माघ ८ गतेभित्र संविधान नबन्ने अवस्था सिर्जना भएको प्रति चिन्ता व्यक्त गर्नुभयो ।
निर्धारित समयभित्र संविधान बन्न नसक्नुमा नेपाली काँग्रेस, नेकपा(एमाले), एकीकृत नेकपा(माओवादी) र मधेसवादी दल जिम्मेवार रहेको बताउँदै उहाँले ठूला राजनीतिक दलका शीर्ष नेताको अकर्मण्यता, सत्तालिप्सा र असक्षमता नै संविधान नबन्नुको मूलकारण भएको आरोप लगाउनुभयो ।
फरक मान्यता र कार्यसूचीका बाबजुद पनि विधि र प्रक्रिया अनुसार गरिने निर्णय पार्टीले स्वीकार्दै आएको बताउँदै अध्यक्ष थापाले समयमा संविधान बन्न नसकेबाट सङ्क्रमणकाल अझै लम्बिने निश्चित भएको छ भन्नु भयो ।
नयाँ संविधानमा हिन्दुराष्ट्रको सुनिश्चितता, धर्मनिरपेक्षता, गणतन्त्र र सङ्घीयताबारे जनमत सङ्ग्रहका लागि दबाब दिन पहिलो चरणको जनसङ्घर्ष अन्तर्गत माघ ४ गते देशको सम्पूर्ण जिल्ला सदरमुकाममा प्रदर्शन, र्याली तथा जनसभा आयोजना गर्ने सो पार्टीले जनाएको छ ।
बैठकले पार्टीले सञ्चालन गरेको मेची–महाकाली श्री पशुपतीनाथ रथयात्राको क्रममा आमजनताबाट प्राप्त अपार सद्भाव, सहयोग र समर्थनप्रति आभार प्रकट गरेको छ ।
टेक्ससका एक व्यक्तिले भर्जिनिया स्थित तथ्याँक केन्द्रलाई बिस्फोट गर्ने योजना बनाउदा एफबिआईद्वारा पक्राउ
एनआरएन अमेरिकाको बोर्ड अफ डाइरेक्टरमा सुवेदीले उम्मेदवारी दिने
जर्जियामा द्रुतगतिमा गाडी कुदाउनेलाई पछ्याउने क्रममा गोली हानाहान हुँदा संदिग्ध मारिए ,३ प्रहरी घाइते
फाइजरले १२-१५ बर्षका बालबालिकाको लागि आकस्मिक खोपको प्रयोग गर्न एफडिएसंग अनुमतिको माग
गिरिजा प्रसाद कोईराला फाउण्डेशन अमेरिका च्याप्टरको नॅंया कार्यसमिती गठन
प्रतिक्रिया