उपत्यकामा बन्द गराउँदै हिँड्ने ४८ जना पक्राउ
काठमाडौँ, २९ पुस । एकीकृत नेकपा (माओवादी)को नेतृत्वमा रहेको ३० दलीय मोर्चा र नेकपा–माओवादीको आह्वानमा बन्द गर्दै हिँडेका ४८ जनालाई प्रहरीले पक्राउ गरेको छ । उपत्यकाका विभिन्न स्थानबाट उनीहरुलाई नियन्त्रणमा लिइएको प्रहरी प्रवक्ता माधवप्रसाद जोशीले राससलाई जानकारी दिनुभयो ।
उहाँका अनुसार काठमाडौँ उपत्यकामा बन्दकर्ताबाट नम्बर नखुलेको एउटा माइक्रोबस तोडफोड भएको छ । काठमाडौँ उपत्यकालगायत विभिन्न जिल्लामा गरेको बन्दको प्रभाव सामान्य रहेको प्रवक्ता जोशीको भनाइ छ । त्यसैगरी महानगरीय प्रहरी परिसरका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक उत्तम कार्कीले काठमाडौँमा भित्रिने र बाहिरिने सवारी साधनलाई सुरक्षित स्थानमा पुर्याएको जानकारी दिनुभयो । उहाँले बन्दकर्तालाई नियन्त्रणमा लिएर जनधनको क्षति हुन नदिन प्रहरीले उच्च सतर्कता अपनाएको पनि बताउनुभयो ।
उपत्यकाका चोक–चोकमा बसेर बन्दकर्ताले सवारी साधनलाई रोकेका छन् । उपत्यकाका केही स्थानमा बन्दको विरोधमा प्रदर्शन गर्ने प्रयास पनि गरिएको छ । ‘नेपाल खुला छ’ भन्ने उल्लेख भएका प्लेकार्ड सहितका विवेकशील नेपाली पार्टीका कार्यकर्ताले बन्द विरुद्ध प्रदर्शन गरेका थिए । बन्दकर्ताहरुले साझा यातायातको बा ३ ख २२१५ र बा ३ ख २२२६ नम्बरका गाडीमा ढुङ्गा हानेको यातायातका सुपरभाइजर सरोज घिमिरेले जानकारी दिनुभयो । प्रहरीको अगुवाइमा साझाले आज काठमाडौँ उपत्यकामा पाँचवटा बस चलाएको छ ।
क्यालिफोर्नियाको भीरबाट ४ जना खस्दा ,१ जनाको मृत्यु र २ जना महिला गम्भिर घाइते
अमेरिकाले ताइवानको रक्षा गर्न सैन्य हस्तक्षेप गर्नेछ :बाइडेन
क्विन्स टुगेदरको आयोजनामा जिपी कोइराला फाउन्डेसन अमेरिकाको सकृयता।
टेक्ससका ग्रामीण अधिकारी गाईवस्तु चोरेको आरोपमा पक्राउ
न्यूयोर्क शहरको भूमिगत रेल ४८ वर्षीय व्यक्तिको छातीमा गोली लाग्दा मृत्यु
प्रतिक्रिया