निषेधको राजनीतिले संविधान बन्न दिएन: अध्यक्ष थापा
काठमाडौँ, २३ पुस – राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले संविधान निर्माण प्रक्रियामा अवरोध सिर्जना हुनुमा निषेधको राजनीति मुख्य कारक भएको बताउनुभएको छ ।
राप्रपा नेपालसँग अखण्ड सुदूरपश्चिम पार्टीको एकता घोषणा कार्यक्रममा दिगो र चिरस्थायी संविधान निर्माणमा राप्रपा नेपाल जहिले पनि सकारात्मक र रचनात्मक भूमिका निर्वाह गर्न तयार रहँदारहँदै पनि निषेध गरेकामा चिन्ता व्यक्त गर्नुभयो ।
उहाँले माघ ८ मा संविधान बन्ने सम्भावना समाप्त भएको पनि उल्लेख गर्नुभयो । मुलुकको धर्म, संस्कृति र पहिचान कमजोर बनाउन विदेशी पैसाको प्रयोग भएको उहाँको दाबी थियो । पार्टीमा नवप्रवेशीलाई स्वागत गर्दै अध्यक्ष थापाले पार्टीमा सम्मानजनक भूमिका दिने बताउनुभयो ।
अखण्ड सुदूरपश्चिम पार्टीका अध्यक्ष पुष्करराज जोशीले राप्रपा नेपाललाई मुलुकको पहिलो राष्ट्रवादी प्रजातन्त्रिक शक्ति बनाउन आफूहरुले प्रभावकारी भूमिका खेल्ने प्रतिबद्धता जनाउनुभयो । सोही कार्यक्रममा नेपाली चलचित्रकी नायिका शिवाङ्गिनी राणा पनि राप्रपा नेपाल प्रवेश गर्नुभएको थियो । रासस
को हुन् नबराज के सी ?
ट्रम्पले व्हाइट हाउस छोड्ने बेलामा करिव १ सय भन्दा ज्यादालाई क्षमादान दिने सम्भावना
प्रथम महिला मेलानिया ट्रम्पले व्हाइट हाउस छोड्नेबेलामा दिईन बिदाइ सन्देश
न्यान्सी पेलोसीको कार्यालय अगाडी स्वयमको तस्बिर खिच्ने न्युयोर्कका एक बिधार्थी पक्राउ
ओरेगनको पोर्टल्याण्डमा १२ बर्षिय किशोरीले आफ्नो पितालाई छाती र पेटमा छुरा प्रहार
प्रतिक्रिया