अष्ट्रेलियामा १६ घण्टापछि बन्धक मुक्त
इनेप्लिज
२०७१ पुष ६ गते ८:०५ मा प्रकाशित

सन् १९९६ देखि अष्ट्रेलियामा राजनीतिक शरण लिईरहेका ईरानी शरणार्थी मान हारोन मोनिसले हिजो बिहानैदेखी सिड्नीको व्यस्त मार्टिन प्लेसमा रहेको लिन्ड चकलेट क्याफेलाई नियन्त्रणमा लिएर १७ जनालाई बन्धक बनाएका थिए ।
१६ घण्टासम्म बन्दुकधारीलाई मनाएर आत्मसर्मपण गराउने प्रयास विफल भएपछि अष्ट्रेलियन कमाण्डोले सशस्त्र कारवाही गरेको थियो । कारवाहीको क्रममा बन्धक बनाइएका दुइ सर्वसाधारणसहित तीन जनाको मृत्यु भएको हो ।
प्रहरी कारवाहीमा बन्दुकधारी हारोन मोनिस मारिएका हुन् । बन्दुकधारीले मानव ढालको रुपमा प्रयोग गरेका क्याफेका ३४ वर्षिय म्यानेजर टोरी जोन्सन र ३८ वर्षीय वकिल कट्रिना डसनको समेत मृत्यु भएको हो ।
आफुलाई इस्लामी धर्मगुरु बताउने ती बन्दुकधारी विभिन्न आरोपमा अदालतको चक्कर काटिरहेको इरानी शरणार्थी थिए । उनीमाथि झण्डै ४० वटा विभिन्न आरोपमा मुद्दा चलिरहेको थियो । बन्धक प्रकरणबाट क्याफेलाई मुक्त गराउने क्रममा ती बन्दुकधारीले अष्ट्रेलियाका प्रधानमन्त्री टोनी एबटसँग सिधा वार्ता गर्ने प्रस्ताव राखेका थिए ।स्रोतः एजेन्सी
न्याकको आयोजना तथा केसी डान्स सेन्टरसंगको सहकार्यमा सामुदायिक स्वास्थ्य कार्यक्रम नेपाली जुम्बा प्रस्तुति हुने
न्याक महिला विभागको अन्तरक्रिया कार्यक्रममा आमन्त्रण
सदाबहार नायक दिलिप रायमाझी र अशिष्मा नकर्मी अभिनित रानीको ‘चल्यो मायाको बतास’ रिलिज ( भिडियो )
प्रबल गुरुगले बनाएको पोशाक कमला ह्यारिसले प्रार्थना सभामा लगाईन
सदनमा प्रहरीलाई आक्रमण गर्ने कनेक्टिकटका व्यक्ति न्युयोर्कमा पक्राउ
प्रतिक्रिया