बिहीबार, कार्तिक ६ २०७७
काठमाडौं ००:४४
वासिङटन डिसी 14:59

कसरी रमेश खरेलकै लाइनमा आए प्रधानमन्त्री ?

इनेप्लिज २०७१ पुष २ गते ११:३७ मा प्रकाशित

काठमाडौं, २५ मंसिर । नेपाल प्रहरीका एसएसपी रमेश खरेल प्रहरीका डिआईजीहरु एआईजी बढुवाका लागि पैसाको ब्रिफकेस बोकेर शक्ति केन्द्र धाउँछन् भन्ने विवादास्पद अभिव्यक्ति दिएका कारण कारबाहीमा परे ।

उनीमाथि प्रहरी संगठनको मर्यादा नाघेको भन्दै प्रधान कार्यालयले खरेलसँग गत जेठमा स्पष्टीकरण मागेको थियो ।

सोही प्रकरणमा उनलाई महानगरीय प्रहरी परिसर काठमाण्डुको प्रमुखबाट हेर्डक्वाटर तानिएको थियो ।

त्यसपछि ६ महिना बिदा लिएर देश विदेश घुमेका खरेल अहिले भरतपुर तालिम केन्द्रमा छन् ।

प्रधामन्त्री सुशील कोइरालाले बिहीबार एउटा कार्यक्रममा खरेलकै जस्तो अभिव्यक्ति दिएका छन् ।

प्रहरी वरिष्ठ अधिकारीहरुको भेलालाई प्रहरी मुख्यालयमा आयोजित कार्यक्रममा उनले प्रहरीमा सरुवा बढुवा र भर्तीमा आर्थिक चलखेल हुने गरेको बताए ।

प्रतिक्रिया