टेक्ससमा एघारौ गोर्खा कप भकुण्डो प्रतियोगिता सेप्टेम्बर २४-२५ का दिन हुने

इनेप्लिज २०७९ भदौ २९ गते २२:४८ मा प्रकाशित

डिसी महानगर क्षेत्र । अमेरिकाको टेक्सस राज्यको ड्यालस शहरमा ११ औ गोर्खा कप भकुण्डो प्रतियोगिता २०२२ आगामी सेप्टेम्बर २४-२५ का दिन हुने भएको छ । आयोजना हुने मुख्य प्रतियोगिता लगायत अन्य खेल प्रतियोगिताका बिजेताहरुलाई कूल २१,००० डलरको नगद साथै पुरस्कारको समेत व्यवस्था गरिने भएको छ ।

यस बर्ष बिजया दशमी अक्टोबर ५ बुधबारका दिन परेकोले दशैँ अगाडी खेल प्रतियोगिताको आयोजना गरिने भएको छ । आयोजकका अनुसार यस बर्ष १८ वटा खेलटोलीले भाग लिने भएका छन् । यसै गरि ३५ बर्ष भन्दा माथि उमेरका खेल प्रतियोगितामा १० वटा खेल टोली रहने छन् भने १२ बर्ष र ७ बर्ष भन्दा कम उमेर प्रतियोगितामा ४ वटा खेल टोलीको सहभागिता रहने छ ।

आयोजक गोर्खा भकुण्डो टोलीले नेपालका पूर्व राष्ट्रिय टोलीका ख्यातीप्राप्त खेलाडीहरुलाई उनीहरुको योगदानको उच्च कदर गर्दै बिगत बर्ष झैँ यस बर्ष पनि सम्मान गर्ने भएको छ । यस पटक न्यूयोर्कमा बस्दै आएका पर्वत पाण्डे तथा टेक्सस ड्यालसमा बस्दै आएका प्रलय राजभण्डारीलाई सम्मान गरिने भएको छ ।

हाल पाण्डे न्यूयोर्कको शेर्पा युनाईटेड क्लब तथा भण्डारी टेक्ससकै रोयल नेपाल एफसीमा प्रशिक्षकको रुपमा कार्यरत छन् ।

अमेरिकाको टेक्सस राज्यको ड्यालसमा बिगत १० बर्ष देखि संचालनमा रहेको यस बर्ष ११ औ गोर्खा दशैं कप भकुण्डो प्रतियोगिता २ दिन हुनेछ ।

हरेक बर्ष नेपालीहरुको महान चाड बडा दशैंको उपलक्ष्यमा दशैँ अगाडी आयोजना गरिन्छ । ड्यालस गोर्खाज फुटबल टोलि( भकुण्डो )का संयोजक अनुप घिमिरेले विभिन्न राज्यहरुबाट प्रतियोगितामा सहभागी हुने आउने टोलीलाई भब्य स्वागत गर्न हामि आतुर छौ र आफू निकै उत्साहित भएको ईनेप्लिजलाई बताए । घिमिरे युवा भकुण्डो खेलाडी हुन् भने उनले टोलीलाई विभिन्न प्रतियोगितामा सहयोग गरि रहेका छन् ।

यसैगरी गोर्खा भकुण्डो टोलीका अध्यक्ष बिनोद बिष्टले हाम्रो समुदायमा बृहत प्रतियोगिता गर्न पाएकोमा हर्ष ब्यक्त गर्दै सबैलाई समान अवसर दिन पाएकोमा उत्प्रेरित भएको बताए ।

प्रतियोगितामा सहभागी हुने टोलीको लागि दर्ता शुल्क १,००० डलर राखिएको छ । दर्ता सेप्टेम्बर ११ सम्म राखिएको थियो ।

बिजयी हुने समूहलाई नगद तथा पुरस्कार समेत गरेर कुल १० हजार डलरको व्यवस्था गरिएको छ भने उप बिजेताले ४००० हजार डलर प्राप्त गर्नेछन् ।

११ औ गोर्खा दशैँ भकुण्डो प्रतियोगितामा ३५ बर्ष उमेर माथिका खेलाडीहरुको पनि प्रतियोगिता रहने छ ।

३५ बर्ष भन्दा माथि उमेरको टोलि बिजेताले ५,००० हजार डलर र उप बिजेताले २,००० हजार डलर प्राप्त गर्ने छन् ।

यो प्रतियोगिता ७ का बिरुद्ध ७ अर्थात् ५ भर्सेज ५ शैलीमा खेल खेलाइने छ ।

प्रतिक्रिया