टेक्ससमा आएको बाढीमा मृत्यु हुनेको संख्या १०० भन्दा पुग्यो, उद्धार अझै जारी

इनेप्लिज २०८२ असार २३ गते २२:०७ मा प्रकाशित

टेक्सस राज्यमा आएको विनाशकारी बाढीका कारण मृत्यु हुनेको सङ्ख्या बढेर कम्तीमा १०० भन्दा बढी पुगेको छ।

मध्य टेक्ससमा आएको भीषण बाढीका कारण मृत्यु हुनेको संख्या १०० नाघेको छ। हराइरहेका मानिसहरूको खोजी कार्य अझै पनि ठूलो मात्रामा जारी छ।

कडा असर परेको कर काउन्टीमा जहाँ मिस्टिक शिविर र अन्य धेरै ग्रीष्मकालीन शिविरहरू छन्, त्यहाँ खोजकर्ताहरूले ८४ जनाको शव फेला पारेका छन्, जसमा २८ जना बालबालिका पनि छन्। कर काउन्टीका अधिकारीहरूले यो जानकारी दिएका हुन्।

मध्य टेक्ससभरि अहिले कम्तिमा १०४ जनाको मृत्यु भइसकेको छ। बाढीले ठूलो जनधनको क्षति पुर्‍याएको छ र उद्धार टोलीहरूले अझै पनि बेपत्ता मानिसहरूलाई खोज्न अथक प्रयास गरिरहेका छन्।

प्रतिक्रिया