टेक्ससका गभर्नर आबोटले डिसी र न्यूयोर्कमा हजारौ आप्रवासीहरू यात्रियानबाट पठाए

इनेप्लिज २०७९ साउन २९ गते ११:२९ मा प्रकाशित

टेक्ससका गभर्नर ग्रेग आबोटले वाशिंगटन डिसी र न्यूयोर्कमा हजारौ आप्रवासीहरू यात्रियान(बस)बाट पठाएका छन ।

बाइडेन प्रशासनको फितलो सीमा नियन्त्रण तथा आप्रवासीहरू प्रति कमजोर नीतिको कारण टेक्सस राज्यले शरणार्थी आप्रवासीहरुको दैनिक समस्या भोगी रहेको भन्दै अमेरिका छिरेका आप्रवासीहरुलाई न्यूयोर्क र डिसी पठाएका हुन् ।

गत बुधबार बिहान करिब १०० आप्रवासीहरू टेक्ससबाट न्यूयोर्क शहरमा आई पुगेका छन् ।

अप्रिल देखि ६,६०० भन्दा बढी शरणार्थीहरू पहिले नै पठाई सकेका छन् ।

अमेरिकी गृह बिभाग (डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटी)द्वारा रिहा भएकाहरूलाई टेक्ससका गभर्नर आबोटले वाशिंगटन डीसी र न्यूयोर्क शहरमा पठाइसकेका छन्।

आप्रवासी बोकेका कम्तिमा १ सय ७० बसहरूले हालसम्म टेक्सस छोडेका छन्।

ती शहरका नगर प्रमुखहरूले यस कदमलाई अमानवीय भनेका छन् भने उनीहरू दुबैले संघीय सरकारलाई सहयोगको लागि आग्रह गरेका छन्।

न्यूयोर्क शहरका नगर प्रमुख एरिक एडम्सले धेरै अन्य गाडीहरु आउने सम्भावना भएकोले शहरले तिनीहरूलाई आश्रय दिन थप ११ आश्रयहरू खोलेको छ।

राष्ट्रपति जो बाइडेनको अध्यागमन नीतिहरूको विरोध गर्न २,००० माईल टाढाका आप्रवासीहरू यस शहरहरुमा पठाउँदै छन भनि सिबिसी न्यूजले समाचार लेखेको छ ।

प्रतिक्रिया