एचडिएनपी अन्तर्राष्ट्रियले कोषवृद्धि बार्षिक गाला कार्यक्रम गर्दै

विजय थापा २०७९ साउन २५ गते २२:१६ मा प्रकाशित

टेक्ससको घरबारबिहिनलाई खाना खुवाउने नेपालीद्वारा संचालित एचडिएनपी अन्तर्राष्ट्रियले बार्षिक कोष वृद्धि गाला कार्यक्रम गर्ने भएको छ ।

आगामी सेप्टेम्बर १० का दिन गत बर्ष गरे झैँ यस बर्ष पनि कार्यक्रम गर्ने भएकोले सँस्थाको तर्फबाट संस्थापक देवी डेविड आचार्यले सबैलाई यस कार्यक्रममा सहभागी हुन् अनुरोध गरेका छन् ।

गत बर्ष गाला कोष वृद्धि कार्यक्रम मार्फत मार्फत २३ हजार डलर संकलन गरेको थियो ।

कार्यक्रम टेक्सस राज्यको आर्लिंगटन स्थित इन्डोपाक ब्याङ्गक्वेट हल (रात्रिभोज कक्ष)मा हुनेछन् ।

उक्त कार्यक्रममा रात्री भोज ,सांगीतिक कार्यक्रम ,पुरस्कार समारोह लगायत हुनेछन् ।

हेल्प फर डेस्पेरेट एण्ड निड़ी पिपुल अन्तर्राष्ट्रिय (एचडिएनपी इन्टरनेसनल ) अमेरिकी सरकारमा दर्ता भै मुनाफा रहित सामाजिक संस्थामा दर्ता भएको छ ।

संस्थाले टेक्ससको ड्यालस क्षेत्रमा बसोबास गर्दै आएका घरबार बिहिन ,अशक्त तथा मागेर जीविका चलाउने मानिसहरुलाई खाना खुवाउदै आई रहेको छ ।

एचडिएनपीले हरेक ३ महिनामा रक्तदान पनि संचालन गर्दै आएको छ ।

विजय थापा

ईनेप्लिजका सम्पादक हुन् भने उनका अनगिन्ती लेखहरु ईनेप्लिजमा प्रकाशित भएका छन् । साथै ,उनले हरेक दिन दर्जनौ मूलधारका समाचार ,सामुदायिक समाचार र बिश्वभरिका दैनिक अन्तर्राष्ट्रिय समाचार ,अन्तर्वार्ता र स्वास्थ्य सम्बन्धि  कार्यक्रम संचालन गर्दै आएका छन् ।

प्रतिक्रिया