अमेरिकामा एकै दिनमा कोभिड-१९ बाट १ लाख १७ हजार संक्रमित ,४९४ जनाको मृत्यु

इनेप्लिज २०७९ साउन २३ गते १०:४३ मा प्रकाशित

अमेरिकामा एकै दिनमा कोभिड-१९ बाट १ लाख १७ हजार ५ सय ६४ जना संक्रमित भएका छन् । यसै गरि बिगत २४ घन्टामा ४९४ जनाको मृत्यु भएको न्यूयोर्क टाइम्सले जनाएको छ । उक्त तथ्याँक अगस्त ८ का दिन बिहान न्यूयोर्क टाइम्सले अध्यावधिक गरेको हो ।

संक्रमण दरमा ८ % घटेको छ भने अहिले सम्म कूल ९ करोड १९ लाख ३९ हजार संक्रमित भएका छन् । हाल अस्पतालमा ४३ हजार ३ सय ७५ जना भर्ना भएका छन् ।त्यसै गरि सघन कक्ष(आइसियु)मा ४ हजार ९ सय ७२ जना भर्ना भएका छन् भने २ % भर्ना दर बढेको छ ।

अमेरिकामा हाल सम्म कूल १० लाख २९ हजार ८ सय ८ जना मानिसको कोभिड-१९ बाट मृत्यु भै सकेको छ । अमेरिकामा हाल सम्म २२ करोड ३० लाख ३५ हजारले ५ सय ६६ ले पूर्ण खोप लिई सकेका छन ।

न्यूयोर्क टाइम्सका अनुसार अमेरिकाको केन्टकी ,मिसिगन,पेन्सेल्भेनिया जर्जिया लगायत राज्यहरुमा संक्रमण वृद्धि भएको तथ्यांक देखाएको छ । कम्तिमा पनि एक खोप लिनेको संख्या २६ करोड १५ लाख ९१ हजार पुगेको छ ।

१८ बर्ष भन्दा बढी उमेरका मानिसहरुले पूर्ण खोप ७७.१ % तथा कम्तिमा पनि एक बुस्टर डोज (अभिवर्धक खुराक)लगाउनेको संख्या १० करोड ७४ लाख ९० हजार पुगेको सिडिसीको तथ्यांकले देखाएको छ ।

प्रतिक्रिया