शनिबार, भदौ ४ २०७९
काठमाडौं ०८:०८
वासिङटन डिसी 22:23

अध्यावधिक गरिएको : ह्वाइट हाउस नजिक चट्याङ लागेका ४ मध्ये अर्का एक २९ बर्षिय पुरुष सहित ३ जनाको मृत्यु

इनेप्लिज २०७९ साउन २१ गते ०:०४ मा प्रकाशित

गत बिहिबार ह्वाइट हाउस नजिकको एक पार्क(उद्यान)मा चट्याङ लागेका एक दम्पत्तीको मृत्यु भएको केही घण्टामा नै अर्का एक २९ बर्षिय पुरुषको निधन भएको दुखद खबर एनबिसीवाशिंगटनले प्रकाशित गरेको छ ।

गत बिहीबार ह्वाइट हाउस नजिक रहेको लाफायट उद्यानमा चट्याङ लागेर ४ जना गम्भीर घाइते भएका मध्ये ३ जनाको अस्पतालमा निधन भएको छ ।

विस्कनसिनमा ७६ बर्षिय जेम्स मुलर र ७५ वर्षीया डोना मुलर दम्पत्ति निधन पछि २९ बर्षिय पुरुषको निधन भएको छ । तर पुरुषको नाम सार्वजनिक गरिएको छैन

जोडी विस्कॉन्सिनबाट भ्रमण गर्दै गर्दा उनीहरुलाई चट्याग लागेको थियो । समाचारका अनुसार अर्का व्यक्ति पनि गम्भीर घाइते र अवस्था गम्भीर रहेको छ ।

जोडीका भतिजीले दम्पत्तिहरु अर्ध सेवानिवृत शिक्षकहरु रहेको र उनीहरूको ५६ औं विवाह वार्षिकोत्सवको लागि डिसी भ्रमणको लागि आएका एनबिसीवाशिंगटनलाई बताइन ।

जेम्स मुलर व्यवसायी पनि थए भने डोना मुलर एक शिक्षक थिइन। र उनीहरूका पाँच छोराछोरी, १० नातिनातिना र चार पनातिपनातिनीहरु थिए।

प्रतिक्रिया