एनआरएनए साधारण सभाको लागि एनआरएनए अन्तर्राष्ट्रियका अध्यक्ष द्वय कूल आचार्य तथा रबिन थापा नर्थ क्यारोलाइनामा आगमन
एनआरएनए अमेरिकाको ११ औ साधारण सभा तथा ज्ञान सभाको लागि एनआरएनए अन्तर्राष्ट्रियका आइसिसीका अध्यक्ष द्वय कूल आचार्य तथा रबिन थापा नर्थ क्यारोलाइनामा आगमन भएको छ ।
अध्यक्ष थापा केही घण्टा अगाडी मेरिल्याण्ड राज्यबाट नर्थ क्यारोलाइनामा आए पछि बेलायतबाट आचार्य अवतरण गरेका हुन् । दुवैलाई आयोजकहरुले स्वागत गरेका छन् भने थुप्रै पदाधिकारीहरुको पनि आई पुगेका छन्।
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा गत जुलाई २ का दिन नै डिसी क्षेत्रबाट नर्थ क्यारोलाइना आई पुगेका छन् ।
जुलाई ३-४ दुई दिनसम्म चल्ने उक्त कार्यक्रम नेपालका प्रधानमन्त्री शेरबहादुर देउवाको सन्देश प्रस्तुत गरिने छन् । गैर आवासीय नेपाली संघ अमेरिकाका अध्यक्ष बुद्धि सागर सुवेदीको अध्यक्षतामा हुने कार्यक्रमको उदघाटन सत्रलाई परराष्ट्रमन्त्री डा नारायण खड्का र सत्तारुढ दल नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा, एनआरएनए आइसीसीका अध्यक्ष त्रय कुल आचार्य रविना थापा र बद्री के सी, दुई महासचिव केशव पौडेल र गौरी जोशी लगायतले सम्बोधन गर्ने कार्यक्रम छ ।
एनआरएनए अमेरिकाका उपाध्यक्ष तथा सह संयोजक डिलु पराजुलीले साधारण सभामा महासचिव र कोषाध्यक्षको प्रतिवेदन माथि छलफल र पारित गरिने, गैर आवासीय नेपाली नागरिकता, विधान संसोधन र संस्थाले एक वर्ष विचमा गरेका कार्यक्रमको समिक्षा साथै भावी कार्यक्रममा छलफल हुने कार्यक्रम रहेको बताए ।
न्यूयोर्कमा सिक्किमका पूर्व मुख्य मन्त्रि डा पवन कु चाम्लिङ्गलाई सम्मान गरिने
अमेरिकाको बाल्टिमोर र न्यूयोर्कमा ‘को–हजबेण्ड’
अमेरिकाको न्युयोर्कमा २८ औं अन्तर्राष्ट्रिय विश्व आदिवासी दिवस भब्यताका साथ मनाइयो
मेरिल्याण्डको एक बिद्यालयमा बमको धम्कि दिने किशोर पक्राउ
क्यालिफोर्नियाको मध्य आकाशमा २ वटा विमान ठोक्किँदा ३ जनाको मृत्यु
प्रतिक्रिया