शनिबार, भदौ ४ २०७९
काठमाडौं ०९:०५
वासिङटन डिसी 23:20

अमेरिकाको इलिनोइस राज्यको एक भवनमा ३ जनालाई गोली प्रहार ,बन्दुकधारी अझै फरार

इनेप्लिज २०७९ असार ११ गते १४:४९ मा प्रकाशित

अमेरिकाको इलिनोइस राज्यको एक भवनमा ३ जनालाई गोली प्रहार गरिएको छ भने बन्दुकधारी अझै फरार रहेको प्रहरीले जनाएका छन् ।

इलिनोइस राज्यको बोलिङब्रुक प्रहरी विभागका अनुसार शनिबार बिहान इलिनोइसको बोलिङब्रुकमा रहेको वेदरटेक सुविधामा गोलाबारी भएको हो ।

बोलिङब्रुक प्रहरी प्रमुख एन्थोनी कोलम्बसका अनुसार तीन जनालाई गोली लागेको बताए भने उनले पीडितहरुको अवस्था बारेमा केही जानकारी दिएनन ।

बोलिङब्रुक प्रहरीलाई स्थानीय समय अनुसार बिहान ६:२५ बजे बिहान उक्त सुविधामा पठाइएको थियो भनि सिएनएनले समाचार लेखेको छ । अहिले उक्त क्षेत्रमा ठूलो संख्यामा प्रहरीहरुको उपस्थिति रहेको छ भने उनीहरूले अपराधीको खोजी गरिरहेका छन ।

कति जनालाई गोली लागेको थियो भन्ने अझै स्पष्ट भएको छैन । बोलिंगब्रुकको गाउँ शिकागोको दक्षिणपश्चिमी उपनगर हो, शिकागोबाट लगभग ३० माईल टाडा रहेको छ ।

प्रतिक्रिया