आइतबार, असार १२ २०७९
काठमाडौं २२:४३
वासिङटन डिसी 12:58

न्यूयोर्कमा यसरी सम्पन्न भयो पाँचौं नेपाल डे परेड (तस्बिरहरु सहित)

कृष्ण आचार्य २०७९ जेठ १२ गते २२:३२ मा प्रकाशित

न्यूयोर्क। बिश्वकै सम्राट राज्य न्यूयोर्क शहरमा नेपाल र नेपालीको पहिचान झल्काउने नेपाल डे परेड २०२२ सम्पन्न भएको छ । यो परेड न्युयोर्कको लागि पाँचौं संस्करण हो ।

परेड एनआरएनए एनसिसी न्युयोर्क च्याप्टरको मूल आयोजनामा नेपाललाई विश्व सामु चिनाउने उद्देश्यका साथ गत मे २२, २०२२ मा न्युयोर्क शहरको म्यानह्याटनमा गरिएको हो ।

कार्यक्रममा प्रमुख अतिथि- संयुक्त राष्ट्र संघका लागी नेपालका स्थायी प्रतिनिधि तथा राजदूत अमृत बहादुर राई तथा कन्भेनर-विकाश रुवाली बिशेष अतिथि-डेप्यूटी कमिस्नर अफ मेयर अफिस फर इण्टरनेशनल अफेअर्स दिलिप चौहान साथै महावाणिज्यदूत बिष्णु गौतम, वाणिज्यदूत गणेशप्रसाद अधिकारी, एनआरएनए एनसिसी अमेरिकाका अध्यक्ष बुद्दिसागर सुबेदी, एनआरएनए अमेरिका पूर्व अध्यक्ष खगेन्द्र जीसी, नेपाल डे परेड पूर्व अध्यक्ष निमा शेर्पा,सामाजिक अभियन्ता नवराज केसी लगायत न्यूयोर्क सिटीका प्रतिनिधि समेतको उपस्थिती थियो ।

कार्यक्रमको सभापतित्व एनआरएनए एनसिसी अमेरिका,न्यूयोर्क च्याप्टरका अध्यक्ष तथा नेपाल डे परेडका अध्यक्ष आंग छिरिङ्ग शेर्पाले गर्नुभएको थियो ।

प्रवासी नेपालीहरुको उल्लेख्य उपस्थितिमाझ नेपाली मौलिकता झल्किने झाँकीहरु सहितको प्रदर्शनीमा सहभागी विभिन्न संघ संस्थाका प्रतिनिधि, पत्रकार तथा वुद्धिजीवी, अतिथि सबैको सहभागिताले कार्यक्रम सफल पारेको थियो।

परेड आर्थिक विभाग प्रमूख टक रूवाली एनआरएन न्यूयोर्कका अध्यक्ष आंग छिरिंग शेर्पा र कृष्ण आचार्यको सक्रियताले सहयोग संकलन गर्न सम्भब भएको थियो ।

 

प्रतिक्रिया