आइतबार, असार १२ २०७९
काठमाडौं २२:५०
वासिङटन डिसी 13:05

म्याकडोनाल्डले रुस पूरै छोड्दै

इनेप्लिज २०७९ जेठ २ गते ११:३० मा प्रकाशित

म्याकडोनाल्डले रुस पूरै छोड्ने भएको घोषणा गरेको छ । म्याकडोनाल्ड्ले सोमबार घोषणा गर्दै आफ्नो ब्यापार रुसलाई बेच्ने भएको छ ।

यसो भन्दै “युक्रेनमा युद्धको कारणले गर्दा मानवीय संकट र अप्रत्याशित परिचालन वातावरणले म्याकडोनाल्ड्सलाई रूसमा व्यापारको निरन्तर स्वामित्व अब योग्य छैन भन्ने निष्कर्षमा पुर्याएको छ।

रुसमा ८०० भन्दा बढी चमेनागृहहरूलाई अस्थायी रूपमा बन्द गरेपछि, म्याकडोनाल्डले पूर्ण रूपमा देश छोड्ने निर्णय गरेको विज्ञप्तिमा जनाईएको छ ।

रुसमा रहेको म्याकडोनाल्ड्स चमेनागृह हरूको सम्पूर्ण शेयर समूह स्थानीय खरिदकर्तालाई बिक्री गर्ने प्रयास गरिरहेको छ।

यी उपायहरूमा म्याकडोनाल्ड्स रुसका कर्मचारीहरूलाई तलब दिइने र भविष्यमा रोजगारीको सुनिश्चितता समावेश छ भनि सिएनएनले जनाएको छ ।

प्रतिक्रिया