कोलोराडोको लङमन्टमा स्थानीय सरकारको समन्वयमा नेपाली जात्रा हुदै
नातिबाबु भट्टकोलोराडो,अमेरीकानेपालीहरुको बाक्लो बसोवास रहेको कोलोराडोको लङमन्टमा स्थानीय सरकारको सहयोग तथा समन्वयमा नेपाली जात्रा हुने भएको छ।
स्थानीय सुनन्दा डंगोलको नेतृत्व तथा कोलोराडोमा रहेका बिभिन्न संघ संस्थाहरुको पहलमा आगामी जुलाई १० तारिक आईतबार दिउसो १२ बजे देखि ३ बजेसम्म लङमन्ट म्यूजियम तथा कल्चर सेन्टरमा जात्रा हुन लागेको हो।
जात्रामा लाखे, कुमारी, तथा अन्य बिभिन्न समुदायका आ–आफ्नो पहिचाहन झल्कने सांस्कतिक कार्यक्रम प्रर्दशन गर्न सकिने डंगोले बताएकी छन् । हामी नेपालीहरुले अहिले सम्म हाम्रै समुदाय लक्षित कार्यक्रम मात्र गर्दै आएका छौ।यसबाट यहाका स्थानिय सरकारलाई हामी के कती छौ हाम्रा सांस्कृतिक चाल चलन के कस्ता छन् केही थाहा छैन । तर यो कार्यक्रम भनेको यहाका स्थानीय दर्शकहरु बिच गरिने कार्यक्रम हो । सबै दर्शकहरुलाई निशुल्क प्रवेश हुने कार्यक्रमबाट थोरै भएपनि नेपाली भाषा संस्कृतीको संरक्षण तथा पहिचाहनमा टेवापुग्ने उनको दावी छ । स्थानीय सिटी अफ लङमन्टले हाम्रो कार्यक्रमको प्रचार प्रसार गरिदिने भएकाले स्थानीयहरु हाम्रो कार्यक्रम हेर्न आउने उनी बताउंछिन्।
स्थानीय आदिवासी धेरै कम भएको अमेरीकामा संसार भरीका मानिसहरुको बसोबास रहेको छ । बिभिन्न देशका मानिसहरु आउंदा उनिहरुको भाषा संस्कृती संगै आएको हुन्छ । त्यस्ता भाषा संस्कृतीको जगेर्ना गर्न यहाका हरेक सिटीले कार्यक्रम बनाएको हुन्।त्यस्ता कार्यक्रमहरु सिटीसंग समन्वय गरेर यिनीहरुका माझ कार्यक्रम देखाउदै जान सकेमात्र हाम्रो पहिचाहन गराउन सकिन्छ।यसै माध्यमबाट भबिश्यमा बिभिन्न अधिकारहरु दाबी गर्न सकिने उनी बताउ छिन्।
त्यसैले कोलोराडोमा रहेका बिभिन्न जातिय संघ संस्थाहरुलाई उक्त दिन आ –आफ्ना भेषभुषा संस्कृती झल्कने कार्यक्रमहरु प्रर्दशन गरी नेपाल र नेपालीको पहिचाहन गराउन कार्यक्रममा सहभागी भईदिनु हुन सुनन्दाले सबैलाई अनुरोध गरेकी छिन्।आफ्नो कार्यक्रम देखाउन चाहनु हुने महानुभावहरुलाई यस (720-745-9267)नम्वरमा सम्पर्क गर्नुहुन समेत उनले अनुरोध गरेकी छन्।
युएस-नेपाल पोलिसी रिसर्च सेन्टरको सातौं वार्षिक सम्मेलन सम्पन्न
अमेरिकामा केटी बनेर केटालाई नग्न तस्बिरहरु आदान-प्रदान गर्न बाध्य बनाए पछि १७ बर्षिय केटाद्वारा आत्महत्या
न्यूयोर्कमा नेपाल झल्काउने ‘नेपाल डे’ परेड
शिकागो म्याकडोनाल्ड्स बाहिर क्रूर हिंसामा ९ जनालाई गोली प्रहार ,२ जनाको मृत्यु
अमेरिकामा एकैदिनमा कोभिड-१९ बाट १ लाख ७ हजार संक्रमित ,३०१ जनाको मृत्यु
प्रतिक्रिया