आइतबार, जेठ ८ २०७९
काठमाडौं ०९:२१
वासिङटन डिसी 23:36

तामांग सोशाईटी अफ् ग्रेटर वाशिंगटनले म्यारिल्याण्डको बुद्ध मन्दिरमा बुद्ध जयन्ती मनाउने

इनेप्लिज २०७९ वैशाख २९ गते ९:३९ मा प्रकाशित

१२ मे २०२२ , ईनेप्लीज
वाशिंगटन डिसी

अमेरिकाको राजधानी वाशिंगटन डिसी क्षेत्रको सक्रिय संस्था तामांग सोशाईटी अफ् ग्रेटर वाशिंगटनलेआगामी मे १५ तारिख आईतबारका दिन ” २५८४ औं बुद्ध जयन्ती ” मनाउने भएको छ।

म्यारिल्याण्डको गेथेस्बर्ग शहर नजिकै पुल्सभिलमा रहेको बुद्ध मन्दिर ( बुद्धिस्ट गुम्बा ) मा मे १५ तारिख आईतबार/बिहान ठिक ११:०० बजे बुद्धिस्ट मंक – अमेरिकन गोराहरुबाट अंग्रेजी र तिबेतियन भाषामा लेखिएको बुद्धिस्ट धर्म ग्रन्थ बाचन गर्दै,ढ्यांग्रो बजाउंदै प्राथना गरेर पुजा गरिने  कुरा आयोजक संस्था तामांग सोशाईटी अफ् ग्रेटर वाशिंगटनका दावा लामाले बताए।

प्रतिक्रिया