मिजौरीको एमट्रयाक रेलमा यात्रुको गोली हानी हत्या, संदिग्धको खोजी जारी
अमेरिकाको मध्यपश्चिम राज्य मिजौरीको एमट्रयाक रेलमा यात्रुको गोली हानी हत्या गरिएको प्रहरी अधिकारीले बताए । गोली हान्ने संदिग्धको खोजी जारी राखिएको जनाईएको छ ।
त्यहाँ भएका यात्रुहरूले बन्दुकको आवाज सुनेका थिए । गत शुक्रबार एक यात्रुलाई गोली हानिएको थियो । एमट्रयाकको रिभर रनर मार्गमा ३० बर्षिय रिची टी.आरोन जूनियर मृत अवस्थामा फेला पारेका मिजौरी प्रहरी विभागले जनाएको छ।
प्रहरीले ली समिट भन्ने स्थानमा रेल रोकिदा हत्यारा बाहिर निस्किएको विश्वास अधिकारीहरूले गरेको शनिबार जारी गरेको विज्ञप्तिमा भनिएको छ।
८१ यात्रुहरू सहितको रेल लगभग २० माइल पर गएर इन्डीपेनडेंस चौकीमा रोकेको थियो । जहाँ प्रहरीहरुलाई गत शुक्रबार राती ९:१५ मा बजे खबर गरिएको थियो भनि एबीसी न्युजले समाचार लेखेको छ ।
स्वास्थ्यकर्मीहरुले उनको जीवन बचाउने उपायहरू प्रयास गरे, तर आरोनलाई रेलमै मृत घोषित गरियो, प्रहरीले भने।
युएस-नेपाल पोलिसी रिसर्च सेन्टरको सातौं वार्षिक सम्मेलन सम्पन्न
अमेरिकामा केटी बनेर केटालाई नग्न तस्बिरहरु आदान-प्रदान गर्न बाध्य बनाए पछि १७ बर्षिय केटाद्वारा आत्महत्या
न्यूयोर्कमा नेपाल झल्काउने ‘नेपाल डे’ परेड
शिकागो म्याकडोनाल्ड्स बाहिर क्रूर हिंसामा ९ जनालाई गोली प्रहार ,२ जनाको मृत्यु
अमेरिकामा एकैदिनमा कोभिड-१९ बाट १ लाख ७ हजार संक्रमित ,३०१ जनाको मृत्यु
प्रतिक्रिया