आइतबार, माघ ९ २०७८
काठमाडौं १५:१६
वासिङटन डिसी 04:31

हैटीमा बन्धक बनाइएका ३ जना अमेरिकीहरु रिहा

इनेप्लिज २०७८ मंसिर २१ गते ११:४५ मा प्रकाशित

क्रिस्चियन सहायता समूहले हैटीमा थप ३ जना अमेरिकी बन्धकहरूलाई रिहा गरेको जनाएको छ ।

गत अक्टोबरमा हैटीमा अपहरण गरिएका १७ जना बन्धकहरूको समूहका थप ३ जनालाई आइतवार राती रिहा गरिएको छ, अमेरिकामा रहेको क्रिस्चियन सहायता मन्त्रालयले एक विज्ञप्ति जारी गरि उक्त जानकारी दिएको समाचार सिएनएनले लेखेको छ ।

“हामी भगवानलाई धन्यवाद दिन्छौं कि हिजो राति थप तीन जना बन्धकहरूलाई रिहा गरियो। रिहा भएकाहरू सकुशल छन् र सन्तोषजनक देखिन्छन्। अघिल्लो रिहाइमा जस्तै, हामी रिहा भएका व्यक्तिहरूको नाम, उनीहरुको अवस्था बारेमा थप सूचना दिन सक्दैनौ ,बिज्ञप्तिमा भनिएको छ ।

यस मामिलासँग परिचित अमेरिकी अधिकारीका अनुसार आइतवार रिहा गरिएका ३ धर्म प्रचारक (मिसनरी )बन्धकहरूमध्ये एक नवयुवक अमेरिकी बच्चा र तिनीहरूको अमेरिकी आमा पनि रहेका छन् ।

विदेश विभागले उनीहरूको रिहाइकोखबरको स्वागत गरेको छ।

“हामी हैटीमा बन्धक बनाएका तीन व्यक्ति रिहा भएको प्रतिवेदनको स्वागत गर्दछौं। परिचालन र सुरक्षा विचारका कारण हामीसँग थप टिप्पणी छैन,” विदेश विभागका प्रवक्ताले भने।

१६ अक्टोबरमा राजधानी पोर्ट-ओ-प्रिन्सको उत्तरपूर्वमा सवारी साधन (कार)मा यात्रा गर्ने क्रममा हैटीका गिरोह ४०० मावोजोले १६ जना अमेरिकी र एक क्यानाडालीलाई धर्म प्रचारकका रूपमा काम गरिरहेकालाई अपहरण गरेका थिए ।

बन्धकहरूमा एक शिशु, एक ३ वर्षीय र एक ६ वर्षीय साथै दुई किशोर किशोरीहरू रहेका छन् सबै अमिस, मेनोनाइट र छ अमेरिकी राज्य र ओन्टारियोमा अन्य रूढीवादी एनाब्याप्टिस्ट समुदायबाट आएका हुन्।

अन्य दुई बन्धकलाई गत महिना रिहा गरिएको थियो। अपहरणमा परेका १७ मध्ये १२ जनालाई अझै बन्धक बनाई रहेका छन्। फिरौती तिरेको हो वा हैन भन्ने विवरण भने आउन सकेको छैन । अपहरणकारीहरूले प्रति बन्धक १० लाख डलर मागेका थिए ।

प्रतिक्रिया