आइतबार, मंसिर १९ २०७८
काठमाडौं २०:२९
वासिङटन डिसी 09:44

उत्तर कोरियाद्वारा फेरी एक प्राक्षेपिक क्षेप्यास्त्र प्रहार

इनेप्लिज २०७८ कार्तिक २ गते ११:१९ मा प्रकाशित

उत्तर कोरियाले देशको पूर्वी तटबाट कम्तीमा एउटा ब्यालिस्टिक( प्राक्षेपिक) क्षेप्यास्त्र प्रहार गरेको अधिकारीहरुले बताएका छन् ।

उत्तर कोरियाले मंगलबार बिहान अक्टोबर १९ का दिन आफ्नो पूर्वी तटबाट कम्तीमा एउटा ब्यालिस्टिक मिसाइल( प्राक्षेपिक क्षेप्यास्त्र )प्रक्षेपण गरेको दक्षिण कोरियाली र जापानी अधिकारीहरुले बताएका छन्।

दक्षिण कोरियाको संयुक्त प्रमुख अधिकारी (जेसीएस) ले भने कि यो प्रक्षेपण स्थानीय समय अनुसार मंगलबार (राती ९ बजे अमेरिकी पूर्वीय समय )सोमबार बिहान १० बजे हामयोङ्ग प्रान्तको बन्दरगाह शहर सिनपोमा भएको हो।

पत्रकारहरुलाई एक सन्देश (टेक्स )मार्फत यो एक पनडुब्बी प्रक्षेपण प्राक्षेपिक क्षेप्यास्त्र (ब्यालिस्टिक मिसाइल )जस्तो देखिन्छ भनि बताएका छन् ।

दक्षिण कोरियाको रक्षा मन्त्रालयले क्षेप्यास्त्र समुद्रबाट हानिएको अनुमान गरिएको छ, तर पनडुब्बीबाट प्रक्षेपण गरिएको हो कि छैन भन्ने कुराको पुष्टि गर्न बाँकी छ। सिन्पो एक उत्तर कोरियाली नौसेना शिपयार्ड(पोत कारखाना) को घर हो।

जापानका उपमहासचिव योशिहिको इसोजाकीले मंगलबार प्रक्षेपणको क्रममा दुई ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार हुने अनुमान गरिएको छ भने दक्षिण कोरियाको सेनाले मात्र एउटा प्रक्षेपणको घोषणा गरेको छ भनि सिएनएनले समाचारमा लेखेको छ ।

“उत्तर कोरियाको पछिल्लो कदम जापान र क्षेत्रको शान्ति र सुरक्षा को लागी खतरा हो,” इसोजाकीले भने। “यसबाहेक, निरन्तर ब्यालिस्टिक मिसाइल प्रक्षेपण जापानको लागी मात्र नभई सम्पूर्ण अन्तर्राष्ट्रिय समुदाय को लागी एक गम्भीर चुनौती हो।”

मंगलबारको परीक्षण “अत्यन्तै खेदजनक” थियो र संयुक्त राष्ट्र सुरक्षा परिषद को प्रस्तावहरुको उल्ल्घन भएको थियो, इसोजाकीले थपे।

प्रतिक्रिया