मंगलबार, कार्तिक ९ २०७८
काठमाडौं ०४:५७
वासिङटन डिसी 19:12

अमेरिकाको साउथ क्यारोलाइनामा मुखावरण नलगाई बिद्यालय गएका बिधार्थीहरुलाई घर फर्काइयो

अमेरिकामा दैनिक २ हजार मानिसहरुको मृत्यु भै रहेको अवस्था छ तथापी

इनेप्लिज २०७८ असोज ७ गते ११:०३ मा प्रकाशित

अमेरिकामा केही हप्ता देखि दैनिक २ हजार मानिसहरुको मृत्यु भै रहेको अवस्था र डेल्टा प्रजातिको कोरोना भाइरस अत्यधिक वृद्धि भै रहदा पनि बिद्यालयका बिधार्थीहरुले मास्क (मुखावरण )को अनिवार्य आदेश उल्लंघन गर्ने क्रम यथावत पाईएको छ । अधिकांश बिद्यालयमा मुखावरण लगाउनै पर्छ र अनिवार्यता छ ।

यस्तै नियम पालना नगरेको कारण अमेरिकाको साउथ क्यारोलाइनामा मुखावरण नलगाई बिद्यालय गएका बिधार्थीहरुलाई घर फर्काइको छ । साउथ क्यारोलाइना राज्यको दोश्रो ठूलो जिल्लामा त्यस्ता बिद्यार्थीहरुलाई घर फर्काइ दिएको समाचार सिएनएनले लेखेको छ ।

अमेरिकामा किशोरकिशोरी हरु अत्यधिक कोरोना संक्रमित भएका छन् भने बालरोग चिकित्सकहरुको संघले गत दुई हप्तामामात्र ५ लाख भन्दा ज्यादा बालबालिकाहरु संक्रमित भएको तथ्यांक बाहिर निकालेको थियो । सबैलाई मुखावरण लगाउन अनुरोध गरेता पनि त्यसलाई बेवास्ता गरि रहेका छन् ।

साउथ क्यारोलाईनाका चार्ल्स काउन्टी स्कुल डिस्ट्रिक(जिल्ला)लप थोमस सी क्यारियो माध्यमिक बिधालयका १५ जनालाई घर फर्काइको छ । र ,उनीहरुलाई अक्टोबर १५ सम्म घरमै बसेर भर्चुअल (परोक्ष )रुपमा पढ़ाइने जनाएको छ । त्यसैगरि अन्य बिद्यालयका बिधार्थीहरुलाई पनि घर फर्काइएको छ । त्यसो गरे पछि ती बिधार्थीहरुले जम्मा भै बिरोध समेत गरेका छन् ।

उक्त जिल्लाका बिद्यालयमा गत हप्ता मतदान गरि मास्क(मुखावरण)अनिवार्य लगाउने निर्णय गरेको थोयो । हाल सम्म उक्त जिल्लाका ८८ वटा बिद्यालयहरुमा ४८ हजार बिधार्थीहरु रहेका छन् ।

प्रतिक्रिया