मंगलबार, कार्तिक २ २०७८
काठमाडौं ०६:११
वासिङटन डिसी 20:26

न्यू हेम्पसायर जिल्लामा ब्लड डोनर्स अफ अमेरिकाको जिल्ला कमिटि गठन!

समाचार दाता- कंकर्ड,न्यू हेम्पसायर २०७८ असोज ६ गते २१:३३ मा प्रकाशित

सेप्टेम्बर १९ -समाज सेवी तथा साहित्यकार इस्वरि भट्टज्यूको घर प्राङ्गणमा बसेको त्यस जिल्लाका सामाजिक अभियन्ताहरूको बैठकले डम्बर कडरियाको अध्यक्षतामा नयाँ बिडिए समिति गठन गरेको छ।समितिका अन्य पदहरू यस प्रकार छन् :

उपाध्यक्ष- बिनोद कार्की
सचिव – सुदीप पन्त
कोषाध्यक्ष- शारदा भट्ट

बोर्ड अफ डाईरेक्टरहरूमा
प्रदिप कार्की
भेष शर्मा
कुमार भट्टराई
मुक्ति नारायण राई
सन्तोश नेपाल

सल्लाहकार समितिमा
ईस्वरि प्रसाद भट्ट
शिव राई
लोक लामा
सुन्दरी गुरूङ
सोम गुरूङ
शम्भु गुरूङ
रहनु भएको छ।समितिका साधारण सदस्यहरूमा मोहन कुमार गिरी (सधारण सदस्य),टिका आचार्य (आजीवन सदस्य) समेत रहनु भएको छ।रक्तदान जीवन दान जस्तो परोपकारी संस्थामा जोडिन पाएकोमा खुशी व्यक्त गर्दै सबैले बिडिएको आजीवन सदस्यता एक सय अमेरिकी डलर संस्थालाई बुझाएर लिनु भएको थियो।

स्मरण रहोस् बिडिए लामो समय देखी अमेरिकाको नेपाली समाजमा “रक्त दान जीवन दान यसैले बचाउँछ ज्यान” भन्ने नाराका साथ मानव सेवामा लागेको छ र सबैलाई यस्तै समाज सेवामा लाग्न प्रोत्साहन गर्दै आएको छ।यो अमेरिकी कर कानुन अन्तर्गत ‘501 सी थ्रि’ संस्था हो जसले कर तिर्न पर्दैन।रक्तदान कार्य लगायत यसले स्वास्थ्य सेवा,नेपालमा स्कलरसीप र अरू समाज सेवा समेत गर्दै आएको कुरा यसका हालका केन्द्रीय अध्यक्ष डाक्टर लिला दाहालले बताउँछन्।

कार्यक्रममा समाज सेवी निगम रिमाल,नेपालबाट पूर्व प्रहारी उपरीक्षक बलराम शर्मा,म्यासाचुसेट्स राज्यबाट शृजनशिल महिला समूहका अध्यक्ष सानु बर्मा अधिकारी, समाज सेवी तथा पूर्व नेपाली सेना अधिकृत लव अधिकारी समेतको उपस्थिति थियो।

कार्यक्रम यस संस्थाका केन्द्रिय उपाध्यक्ष महेश्वर पन्तको सयोजकत्वमा सञ्चालन भएको थियो।ब्लड डोनर्स अफ अमेरिकाले नयाँ आजीवन सदस्यहरू थप गर्दै जाने,विभिन्न जिल्लाहरूमा नयाँ समिति समेत विस्तार गरिने र भएका समितिहरूलाई पनि पुनर्गठन गरिने कुरा समेत उपाध्यक्ष पन्तले जानकारी दिए।

-समाचार दाता-कंकर्ड,न्यू हेम्पसायर

 

 

 

प्रतिक्रिया