आइतबार, साउन २२ २०७९
काठमाडौं २२:५३
वासिङटन डिसी 13:08

अध्यक्ष रुपाखेती एनईसीसीमा ट्रष्टी

इनेप्लिज २०७८ भदौ १५ गते ११:२१ मा प्रकाशित

नेपाल अमेरिकी सामुदायिक केन्द्र एनएसीसीको बोर्ड अफ ट्रष्टी अध्यक्ष नेपालशिक्षा तथा साँस्कृतिक केन्द्र( एनईसीसी) को बोर्ड अफ ट्रष्टी को सदस्य बन्नप्रतिबद्ध हुनु भएको छ ।

एनईसीसीले सोमबार आफ्नै परिसरमा आयोजना गरेको एक दिवसीय ‘भगवान श्रीकृष्णको महिमा’ बिषयक प्रबचन कार्यक्रममा बोल्दैएनएसीसी बोर्ड अफ ट्रष्टी अध्यक्ष अरुण रुपाखेतीले एनईसीसी आफ्नै संस्था भएकाले मन बचन र कर्मले सहयोग गर्दै ट्रष्टी बन्नेप्रतिबद्धता ब्यक्त गर्नु भएको हो।बाचन शिरोमणिको जन उपाधी पाई सकेका पंडित दिनबन्धु पोख्रेलले श्रीकृष्ण जन्माष्टमीकोअवसरमा दुई घण्टाभन्दा लामो प्रबचन दिनु भएको थियो।त्यस क्रममा पंडित पोख्रेलले

एनईसीसीको नमुना नेपाल बनाउने सपना पूरा गर्न आफूले ३० लाख डलर संकलन हुने गरी ७ दिनसम्म प्रबचन दिने बचन बद्दता पनिब्यक्त गर्नु भएको थियो।

https://fb.watch/7JOJ0Ui3Xs/

उक्त प्रबचन कार्यक्रममा कार्य समिति अध्यक्ष सरोज प्रजापतिले एनईसीसीले मेरिल्याण्डकै जर्मनटाउनमा खरिद गर्नै लागेको  करिब १७ एकर जमिन,  यसको लागि हासम्म भएका प्रयासका बारेमा जानकारी गराउनु भएको थियो । यसरी नै बोर्ड अफ ट्रष्टी अध्यक्ष खिलेन्द्र न्यौपानेले पनिसंस्थाको कार्य प्रगतिको चर्चा गर्नु भएको थियो।

नेपाली मन्दिरको नामले परिचित एनईसीसी नेपाली समुदायको पुरानो संस्था हो।मेरिल्याण्डको विल्सभिलमा नौ एंकर जमिनमापशुपति नाथ मन्दिर र बुद्ध प्रतिमा स्थापित छम।अब खरिद गर्न लागिएको १७ एंकर जमिनमा नेपाली शैलीका मन्दिर र धार्मिकसाँस्कृतिक समाजिक संरचना निर्माण गरी नेपाली केन्द्र बनाउने एनईसीसीले जनाएको छ।

 

 

प्रतिक्रिया