सोमबार, साउन २३ २०७९
काठमाडौं ०५:००
वासिङटन डिसी 19:15

अमेरिकी सदन नजिक गाडी रोकी विस्फोटक पदार्थ भन्ने नर्थ क्यारोलाइनाका संदिग्धले प्रहरी समक्ष गरे आत्मसमर्पण

सरकारसँग असन्तुष्ट उनले पत्नीलाई माछा मार्न जाने भनि चक्मा दिएका थिए

इनेप्लिज २०७८ भदौ ३ गते २२:५० मा प्रकाशित

अमेरिकी सदन नजिक गाडी रोकी विस्फोटक पदार्थ भन्ने उत्तर क्यारोलाइनाका संदिग्धले प्रहरी समक्ष आत्मसमर्पण गरेका छन् । उनको धम्किको कारण कंग्रेस पुस्तकालय तथा अन्य तीन भवन खाली गर्नु परेको थियो । उनि एक सानो खालको माल बाहक(पिक अप ट्रक )मा त्यहाँ आएका थिए ।

४९ बर्षिय फ्लोयड रे रोजबेरी नामक उक्त व्यक्तिले अगस्त १९ बिहीवारका दिन केही घण्टा सम्म तनाव सिर्जना गराएका थिए । प्रहरीहरू उनलाई काबूमा ल्याउन कम्तीमा पनि ४ घण्टा लागेको थियो । उनले पक्राउ गरिएको छ भने उनले सामाजिक संजाल(मुहार पुस्तिका-फेसबुक)बाट प्रत्यक्ष प्रसार गर्दै सरकारको विरोध गरेका थिए ।

उनले आफ्नी पत्नीलाई माछा मार्न जाने भनि चक्मा दिएका थिए भनि एनबिसि४ लाई अन्तवार्तामा बताएकी थिइन् । उनले बिहीवार बिहान गाडी त्यहाँ रोकी विस्फोटक पदार्थ भनेकोले सरकारी भवनहरू समेत खाली गर्नु परेको थियो । प्रहरीले उनि संग वार्ता गरे पछि उनले आत्मसमर्पण गरेका थिए ।

उनको सवारी साधन नजिक नगद पैसा सडक मा छरिएको समेत देखिएको एनबिसी४ले समाचारमा उल्लेख गरेको छ । करिब ४:३० मा सबैतिर रोकिएका सडकहरू  खोलिएका सदनको रक्षाको लागि तैनाथ प्रहरीले जनाएका छन् ।

प्रतिक्रिया