शनिबार, भदौ ४ २०७९
काठमाडौं ००:०७
वासिङटन डिसी 14:22

हलिवुड रिपर उपनामका खतरनाक क्रमिक हत्यारालाई २ महिलाको हत्या गरेकोमा मृत्यु दण्ड

इनेप्लिज २०७८ साउन २ गते १२:१२ मा प्रकाशित

अमेरिकाका खतरनाक क्रमिक हत्यारा(सिरिएल किलर )लाई २ महिलाको हत्या गरेकोमा मृत्यु दण्ड दिइने भएको छ । उक्त सजाय गत शुक्रबार जुलाई १६ का दिन फैसला सुनाइएको हो ।

उनले लस एन्जेलस क्षेत्रमा उक्त हत्या गरेका थिए । उक्त क्रमिक हत्याराले दुई महिलाको हत्या गरे पछि अर्की तेस्रो महिलालाई पनि हत्या गर्ने प्रयास गरेको सिएनएनलाई अदालतका प्रवक्ताले जानकारी दिइएको समाचार लेखेको छ । उनलाई हलिवुड रिपर उपनामले चिनिन्छ ।

माइकल थोमस गारगुलो नामक हत्यारालाई दोषी ठहर गर्दै लस एन्जेलस सुपेरियर अदालतका न्यायाधीश ल्यारी पाउलले मृत्यु दण्ड सुनाएका हुन् । हत्याराका वकिलले राखेको नयाँ सुनुवाइ र परीक्षणलाई उक्त आक्रमण “पूर्णतया क्रूरता पूर्ण र भयङ्कर ” भन्दै अदालतले उनको अनुरोधलाई अस्वीकार गरेका थिए ।

महामारीको कारण उक्त सुनाई ढिलो भएको थियो । उक्त हत्याराले आकर्षित महिलाहरूलाई मारेका थिए । उनि सहयोगी छिमेकी बनी प्रदर्शन गर्ने अनि हत्या गर्ने गरेका थिए । उनले घर फोड्ने र छुरा प्रहार गरि आक्रमण गर्थे ।

उनले २२ वर्षीय आशले एलेरिन तथा ३२ बर्षिय मारिया ब्रुनोलाई हत्या गरेका थिए भने अर्की २६ वर्षीय मिसेल मर्फीलाई सन् २००८ मा हत्याको प्रयास गरेका थिए ।

प्रवक्ताका अनुसार उनले आशले भन्ने महिलालाई ४७ पटक छुरा प्रहार गरेका थिए । शिकागोमा सन् १९९३ मा गारगुलोले १८ बर्षिय महिलालाई पटक पटक छुरा प्रहार गरेको समेत अभियोग लागेको छ ।

प्रतिक्रिया