बिहीबार, वैशाख २३ २०७८
काठमाडौं २२:५३
वासिङटन डिसी 13:08

डा. हर्क गुरूड्० स्मृति भलिबल कप हुदै

इनेप्लिज २०७८ वैशाख २१ गते १३:१९ मा प्रकाशित

गुरूड्०(तमु) सोसाईटी ईन्क यू.एस.ए.न्यूयोर्कले नेपाली राष्ट्रिय विभूति स्व.डा.हर्क गुरूड्०को स्मृतिमा यही आउॅदो मे महिनाको २९ र ३० गते मेमोरियल डे को अवसर पारेर वार्षिक रूपमा आयोजना गर्ने गरी ओपन भलिबल प्रतियोगिताको आयोजना गर्न गई रहेको सर्व साधरण सबैमा जानकारी गरिएको छ।

गुरूड्० समुदायबाट पहिलो पिएचडी. गर्नु भएका भूत पूर्व मन्त्री स्व.डा.हर्क गुरूड्० एसियाकै प्रख्यात भूगोलविद,वातावरण संरक्षणविद,राजनीतिज्ञ,समाजसेवी, आदिबासी जनजाती अगुवा साथै खेलकूद प्रेमी हुनुहुन्थ्यो।

पहिलो पटक आयोजना गर्न लागिएको यस डा. हर्क गुरूड्० स्मृति कप भलिबल प्रतियोगितामा न्यूयोर्कको विभिन्न संघ-संस्था/क्लब तथा छिमेकी राज्यहरूबाट समेत सहभागी हुने अपेक्षा गरिएको गुरूड्०(तमु) सोसाईटी ईन्क.को वर्तमान अध्यक्ष श्री विजय गुरूड्० र यस भलिबल प्रतियोगिताको संयोजक जीत गुरूड्०ले बताउॅनु भयो।

यो खेल खेलाउॅनुको उध्देश्य नेपाली समाजमा स्व.डा. हर्क गुरूड्०को चिनारी गराउॅनु र सा-साना वाल वालिका किशोर किशोरीहरूले शैक्षिक स्तरोन्नती गरेर विविध विधामा उत्कृष्टता हॅासिल गरेर समाजमा अग्रणी भूमिका निर्वाह गर्दा भविष्यमा या मृत्यु पर्यन्त पनि सम्झिने रहेछन् र उनीहरूको मन मस्तिष्कमा पनि हामीले राम्रो काम गर्यो भने सबैले सम्झिने रहेछ भन्ने देखाउनु निम्ति पनि यो भलिबल प्रतियोगिता हुदैछ।

प्रतिक्रिया