शुक्रबार, वैशाख २४ २०७८
काठमाडौं ००:३२
वासिङटन डिसी 14:47

अविश्वासको प्रस्ताव झेलिरहेका गण्डकीका मुख्यमन्त्रीले गरे मन्त्रीमण्डल विस्तार,मनाङ्गेले बने खेलकुदमन्त्री

इनेप्लिज २०७८ वैशाख १६ गते १०:५१ मा प्रकाशित

काठमाडौं । अविश्वासको प्रस्तावको सामना गरिरहेका गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले मन्त्रिपरिषद् विस्तार गरेका छन् ।

विहिबार मुख्यमन्त्री गुरुङले विस्तार गरेको मन्त्रीपरिषदमा स्वतन्त्रबाट विजय प्राप्त गरेका दीपक मनाङ्गे भनेर चिनिएका राजीव गुरुङलाई मन्त्री बनाएका हुन् ।

उनलाई युवा तथा खेलकुदमन्त्रीको जिम्मेवारी दिइएको मुख्यमन्त्रीका प्रेस संयोजक विक्रम न्यौपानेले जानकरी दिए । उनको आजै सपथ ग्रहण हुने जनाइएको छ ।

प्रतिक्रिया