आइतबार, चैत २९ २०७७
काठमाडौं २०:४१
वासिङटन डिसी 10:56

अमेरिकाको टेनेसीमा नदीमा आएको बाढीले गाडी भित्र फसेका ५ जनाको सकुसल उद्धार

इनेप्लिज २०७७ फागुन १८ गते १:०२ मा प्रकाशित

अमेरिकाको टेनेसीमा नदीमा आएको बाढीले गाडी भित्र फसेका ५ जनाको सकुसल उद्धार गरिएको छ । प्रहरीहरुले उनीहरुलाई गत आइतबार फेब्रुअरी २८ का दिन दिउसो उद्धार गरेको हो ।

अमेरिकाको दक्षिणी राज्यमा कैयौ स्थानमा आएको बाढी समस्य उत्पन्न गरेको छ । उद्धार गरिएको मध्ये एक साना बच्चालाई पनि उद्धार गरिएको छ । पानीले ढाकेको पुलबाट तल झर्दै गरेको एउटा पिकअप ट्रक(सानो मालबाहक गाडी) बाट एक शिशु लगायत ५ जनालाई उद्धार गरिएको अधिकारीहरूले बताएका छन् ।

उक्त सवारी साधन नदीमा आधा जस्तो डुब्दै गर्दा भित्रपट्टी रहेका सबै फसेकालाई प्रहरीले निकालेका थिए । उक्त घटना टेनेसीको न्याशभिलको दक्षिणपूर्वबाट करिव ६० माइलको डेकाल्प काउन्टीको लिबर्टीमा सानो शहरमा बाढी सडक माथि सम्म आएको थियो ।

अमेरिकाको राष्ट्रिय मौषम सेवाले आइतबार उक्त क्षेत्रमा बाढी आउने समेत चेतावनी दिएको थियो । साथै कम्तिमा २ इन्च सम्मको भिषण पानी पर्ने जानकारी समेत गराएको थियो ।

श्रोत :एबिसीन्युज

प्रतिक्रिया