मंगलबार, फागुन २५ २०७७
काठमाडौं १२:२४
वासिङटन डिसी 01:39

युट्युबले ट्रम्पलाई निलम्बन गरेको म्याद अनिश्चितकालको लागि बढायो,रुडी जुलीयानीको खातापनि स्थायी रुपमा निलम्बित

इनेप्लिज २०७७ माघ १४ गते २:३५ मा प्रकाशित

गत जनवरी ६ का दिन सदनमा भूतपूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकहरुले गरेको दंगा पछि अझ उक्त दंगा फैलिने शंकामा ट्रम्पको युट्युब खाता निलम्बन गरको थियो । उक्त आक्रमणमा प्रहरी सहित ५ जनाको ज्यान गएको थियो । त्यस पछि एफबिआइले बिद्रोहका लागि सदन पसी आक्रमण र तोडफोड गरेकाको ब्यापक खोजी गरि १ सय ३० भन्दा ज्यादालाई पक्राउ गरि सकेको छ ।

युट्युब मार्फत अझ हिँसा भडकिने हुनाले ट्रम्पको युट्युब च्यानल(खाता)केही समयको लागि निलम्बन गरेको थियो । जनवरी २६ मंगलबारको दिन युट्युबले अनिश्चित कालको लागि पूर्व राष्ट्रपतिको खाता बन्द गने निर्णय गरेको छ ।

यसै गरि उनका वकिल तथा ट्रम्पचुनाव हारेता पनि ट्रम्पलाई चुनाव जिताउन केही राज्यमा दौडाहामा गएका र षडयन्त्र सिद्दान्तमा तल्लिन व्यवसायी रुडी जुलियानीको पनि अस्थायी रुपमा खाता निलम्बनमा परेको छ ।

अत जनवरी १२ का दिन ट्रम्पको खाता निलम्बनमा परेको थियो भने त्यसलाई अझ अनिश्चितकालिन समय बढाई दिएको छ । वकिल जुलियानीको खाता ३० दिनको लागि निलम्बन गरेको छ र युट्युबका अनुसार उनले ३० दिन पछि नया निवेदन दिन सक्नेछन् भनेको छ ।

उनले चुनाव नतिजा र चुनावमा धाधली ,चोरी र धोखाधडी भएको भन्दै गलत सूचना दिएको कारण उनलाई अस्थायी रुपमा रोक लगाईएको जनाएको छ । जुलियानीले ट्रम्पबाट दैनिक २० हजार डलर लिई चुनाव नतिजा उल्टाउन अन्तिम समय सम्म लागेका थिए ।

गत सोमबार मात्र गत बर्ष नोभेम्बर ३ का दिन बिधुतिय प्रणालीबाट निर्वाचन गराउन जिम्मा पाएको डोमिनियन भोटिग सिस्टमले जुलियानी बिरुद्ध १.३ अर्ब डलरको क्षतिपूर्ति स्वरुप मुद्दा दायर गरेको छ ।

उन्ले ट्रम्पलाई उचाल्ने र डोमिनियनले बदमास गरेको भन्दै पटक पटक सार्वजनिक रुपमा सॅस्थाको गरिमा र छवि माथी प्रश्न चिन्ह खडा गरे पछि मुद्धा हालेको छ । साथै जनवरी ६ का डिसीमा ट्रम्प सगै उत्तेजित भाषण गर्दै ट्र्म्पलाई आगोमा घिउ थपेका थिए ।

श्रोत :पोलिटिको डटकम

प्रतिक्रिया