फिप्नाको स्थानीय विभागको आयोजनामा अन्तरक्रियात्मक प्रशिक्षण सम्पन्न
नेपाल आदिवासी जनजाति महासंघ अमेरीका (फिप्ना) सामुदायिक तथा स्थानीय सरकार सम्पर्क बिभागको आयोजनामा अमेरीकाको विभिन्न सरकारी निकायहरुबाट कसरी, कहॅा र कहिले आर्थिक अनुदानको प्रस्तावना राख्न सकिन्छ भन्ने विषयमा अन्तरक्रियात्मक प्रशिक्षण सम्पन्न भएको छ ।
विभागका सदस्य सचिव दिपेन्द्र लामाले आर्थिक अनुदान सम्वन्धमा सरकारी निकायमा काम गर्ने सरकारी अधिकारीबाट प्राप्त जानकारी/ सुचना/ ज्ञानलाई उपस्थित सद्स्य संस्थाहरुको प्रतिनिधिहरुमा प्रस्ट्याएका छन ।
फिप्नाको सम्पुर्ण सदस्यसंस्थाहरु र फिप्ना आफै पनि आर्थिक वर्ष २०२२ को आर्थिक अनुदानको लागि प्रस्तावना पेस गर्न सकोस भन्ने लक्ष्यको साथ सम्पन्न यस कार्यक्रममा उपस्थित फिप्ना कार्यसमिति, विभागिय सदस्यहरु र सम्पुर्ण सदस्य संस्थाको प्रतिनिधिहरुलाई महासचिव नरेन्द्र थापाले धन्यबाद दिएका छन् ।
साथै उक्त कार्यक्रमलाई सम्पन्न गर्नको लागि अहोरात्र खट्नु हुने विभागका सम्पुर्ण र खास गरी सदस्य सचिव दिपेन्द्र लामा र कार्यक्रम संयोजक आरती राना मगर धन्यवादका पात्र हुन भनि महासचिव तथा सामुदायिक तथा स्थानीय सरकार सम्पर्क बिभागका विभागीय प्रमुख थापाले धन्यवाद दिएका छन् ।
अमेरिकाको मिजौरीमा एघार बर्षिय एकमात्र छोरीले कोरोनाबाट बुवाआमा मृत अवस्थामा फेला पारिन
जोन्सन एण्ड जोन्सनको कोरोना बिरुद्ध खोप आपतकालीन प्रयोगका लागि सिफारिस
अप्रुभ नभएका आवेदन सच्याउने / अध्यावधिक गर्ने अन्तिम सूचना
अमेरिकी तल्लो सदनद्वारा समानता ऐन पारित
सुजु आचार्यको ‘फुल टिप्न जादा ‘ गीत सार्वजनिक !
प्रतिक्रिया