शनिबार, फागुन १५ २०७७
काठमाडौं ११:५१
वासिङटन डिसी 01:06

अन्तर्राष्टिय नेपाली साहित्य समाज,कोलोराडो शाखाको नयाँ कार्यसमिति चयनका लागि निर्वाचन समिति गठन

इनेप्लिज २०७७ माघ ८ गते ३:३९ मा प्रकाशित

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज,कोलोराडो शाखा द्धारा शाखाको नयाँ कार्यसमिति चयनका लागि निर्वाचन समिति गठन गठन गरेको छ।शाखाको विधान,२०१२ (पहिलो संशोधन २०२०) अनुसार कार्यसमितिको निर्वाचन सम्पन्न गर्न वर्तमान कार्यसमितिले रक्की माउन्टेन फ्रेण्डस अफ नेपाल र एएनएका पूर्व अध्यक्ष नबीनदत्तको संयोजकत्वमा तीन सदस्यीय निर्वाचन समिति गठन गरिएको छ।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज,कोलोराडो शाखाकी अध्यक्ष तारा अधिकारीद्धारा प्रेषित जानकारी अनुसार समितिका अन्य सदस्यहरुमा समाजसेवी डा.संगीता श्रोतिया र ब्लड डोनर्स अफ अमेरिकाका क्षेत्रीय संयोजक भूषणलाल श्रेष्ठ रहनु भएको छ।निर्वाचन समितिले यही फरवरी २०२१ सम्ममा निर्वाचन गराइसक्ने जनाईएको छ।निर्वाचन समितिले निष्पक्ष,पारदर्शि र प्रजातान्त्रिक ढंगबाट निर्वाचन प्रक्रिया पूरा गर्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया