मिशिगन राज्य समितिद्वारा बाइडेन जीत भएको प्रमाणित ,ट्रम्पलाई अर्को झडका
मिशिगन राज्य समितिले निर्वाचित राष्ट्रपति जो बाइडेनले मिसिगनमा जितेको भन्दै प्रमाणित गरेको छ । यता राष्ट्रपति डोनाल्ड ट्रम्प र ट्रम्प अभियानलाई अर्को ठूलो झडका लागेको छ ।
ट्रम्प अभियान खुलेआम रुपले बाइडेन बिजयी भएको प्रमाणित गर्न रोक्न दबाब दिई रहेको अवस्थामा पेनसेलभेनियाका न्यायाधिशले उनीहरुको दबाबलाई तुषारापात पारी दिए पछि आज मिसिगन राज्यले उक्त निर्णय गरेको छ ।
र दुई दर्जन भन्दा ज्यादा एक पछि अर्को मुद्धा अदालतमा हाल्दै गर्दा जताततै न्यायाधिशहरुद्वारा अस्विकार र खारेजीमा परेता पनि पुन:गणना र पुनरावेदन अदालतमा पुन निवेदन दिई रहेका छन् ।
मिशिगन राज्य समिति मतदान सर्वेक्षक(क्यानभासर्स)ले सोमबार राज्यको निर्वाचन परिणाम प्रमाणित गर्न मतदान गर्यो । मतदान पछि औपचारिक रूपमा निर्वाचित राष्ट्रपति जो बाइडेनलाई राज्यको १६ निर्वाचकीय मत प्रदान गरेको छ । बाइडेनले १,५४,००० मतले ट्रम्पलाई हराएका छन् ।
प्रमाणीकरणले राष्ट्रपति डोनाल्ड ट्रम्पको कानुनी चुनौतीहरू र त्यसलाई उल्टाउन खोज्ने मार्गलाई मेटाउने छ । मिशिगन राज्य क्यान्भासिंग बोर्डका दुई रिपब्लिकन सदस्यहरू मध्ये एक, आरोन भ्यान लाङ्गेभेल्ड चुनावको नतीजा प्रमाणित गर्नका लागि दुई डेमोक्र्याटमा भाग लिएका थिए।
लाङ्गेभेल्डले “हामीले आफूसित नभएको शक्ति प्रयोग गर्ने प्रयास गर्नु हुँदैन,” भने। मिशिगन क्यान्भासिङ्ग बोर्ड( मतदान सर्वेक्षक) ले यसभन्दा अघि कहिल्यै पनि राज्यव्यापी मत प्रमाणित गर्न अस्वीकार गरेको थिएन ।
सोमबारको बैठक सम्म ट्रम्पले मिशिगनमा एउटा असाधारण व्यक्तिगत हस्तक्षेप गरे । उनले व्यक्तिगत रूपमा राज्य र स्थानीय अधिकारीहरूसम्म पुग्न कोसिस गरे । उनका समर्थकहरूले जिओपी नियन्त्रित व्यवस्थापिकालाई ईलेक्टोरल कलेज(निर्वाचकीय मत )ले डिसेम्बर १४ मा भेला हुनु अघि उनीहरूका आफ्नै मतदाताहरूको नियुक्ति गर्न आग्रह समेत गरे।
मिशिगन समितिले सोमबार बहस गरेपछि पेन्सल्भेनियाको सर्वोच्च अदालतले केही अनुपस्थित मतपत्रहरूको गन्ती रोक्न ट्रम्पको अभियानलाई अस्वीकार गर्यो ।
श्रोत :वाशिंगटनपोस्ट/सिएनएन
नवौ राष्ट्रिय खेलकुदमा सहभागी हुन एनआरएनए अमेरिकाका खेलकुद संयोजक चन्द्र लामासंग सम्पर्क गर्न आह्वान
संघिय परिषद्को छलफल तथा निर्णयहरु–प्रेस बिज्ञप्ति
अमेरिकाको फ्लोरिडा राज्यमा नेपाली समुदायको पहिलो लायन्स क्लव ग्रेटर ओर्ल्याण्डो लर्ड बुध्दको चार्टर नाईट सम्पन्न
बाइडेनको सपथ ग्रहण तथा उद्घाटनमा खटिएका १२ जना राष्ट्रिय सुरक्षाकर्मी हटाइए
इतिहासमै न्यूनतम बेरोजगारी दर स्थापित लगायत चर्चा गर्दै ट्रम्पले दिए बिदाई सन्देश
प्रतिक्रिया