मंगलबार, मंसिर ९ २०७७
काठमाडौं १२:२१
वासिङटन डिसी 01:36

एरिजोनामा ट्रम्प र बाइडेन बीच अत्यधिक प्रतिस्प्रद्धा ,एपी र फक्सन्यूज ले बाइडेनले जित्ने घोषणा

इनेप्लिज २०७७ कार्तिक २१ गते १२:१८ मा प्रकाशित

रिपब्लिकनहरुको पकड भएको अत्यधिक महत्वपूर्ण रहेको राज्य एरिजोनामा ट्रम्प र बाइडेन बीच अत्यधिक प्रतिस्प्रद्धा भै रहेको अवस्था छ । रिपब्लिकनहरुले एक छत्र रुपमा राज गरेको राज्य एरिजोनामा बाइडेन अहिले सम्म अगाडी नै रहेका छन् ।

६० -७० हाजर मतले जो बाइडेनले मतमा ट्रम्पलाई पछि पारे पछि एसोसिएत् प्रेस र फक्स न्यूजले सम्म त्यहाँको १६ इलेकटोरल भोट(निर्वाचकीय मत )बाइडेनको पक्षमा राखी कूल २६४ गन्ति गरि सकेका छन् ।

तर न्यूयोर्क टाइम्स,सिएनएन एबिसी न्युज,वाशिंगटन पोस्ट लगायतले यसलाई बाइडेनको पक्षमा राखी सकेका छैनन । किनभने ट्रम्पले बाजी मार्न पनि सक्ने अवस्था छ ।

अहिले बिहान सम्म बाइडेन ५०.१ प्रतिसत र ट्रम्प ४८. प्रतिसतमा छन भने ९० प्रतिसत मत गणना भै सकेको छ । रिपब्लिकनका सबै राष्ट्रपतिका उम्मेदवारले एरिजोना हरेक निर्वाचनमा प्राय जित्ने गर्छ । १९५२ मा एक पटक डेमोक्रेट र १९९६ मा बिल क्लिन्टनले उक्त राज्य हात परेका थिए ।

यदि एरिजोना र नेभादा मात्र अन्य राज्य बाहेक जितेमा पनि राष्ट्रपति बन्ने छन । यता ट्रम्पले एरिजोना नेभादा लगायत पेंसेलभेनिया र जर्जिया जित्नु पर्ने हुन्छ ।उत्तर क्यारोलाइनामा ट्रम्प अगाडी छन उनले त्यहाँ बिजयी गर्ने निश्चित छ ।

श्रोत :एबिसी न्युज

प्रतिक्रिया