बुधबार, मंसिर १७ २०७७
काठमाडौं १२:०८
वासिङटन डिसी 01:23

नेपालमा एकैदिनमा ४ हजार ३९२ कोरोना संक्रमित,कूल मृत्यु हुनेको संख्या ७ सय १५

इनेप्लिज २०७७ असोज ३० गते ११:०४ मा प्रकाशित

नेपालमा पछिल्लो २४ घण्टामा देशभर ४ हजार ३ सय ९२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।

डा गौतमले दैनिक र नियमित रुपमा कोरोना भाइरस सम्बन्धि अध्यावधिक(अपडेट )गर्ने क्रममा शुक्रबार उनले उक्त जानकारी दिएका हुन् ।

नेपाल अधिराज्यभर कोरोना भाइरसबाट संक्रमितको संख्या ३७ हजार ३ सय ८२ पुगेको छ । जसमा संस्थागत एकान्तवास (आइसोलेशन)मा १२ हजार ३ सय ३६ र गृह एकान्तवास (होम आइसोलेश(नमा २५ हजार ४६ जना रहेका छन् ।

यसै गरि पछिल्लो २४ घण्टामा थप ३ हजार ५ सय २२ जना संक्रमित भएका छन् । हाल सम्म निको हुनेको कुल संख्या ८८ हजार ४० पुगेको छ । हालसम्म १२ लाख ५४ हजार १ सय ६७ जनाको कोभिड-१९ को चिकित्सा जाँच (पीसीआर) भइसकेको छ।

यसैगरी नेपालमा कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या ७ सय १५ जना पुगेको छ । बितेको २४ घण्टामा कोरोनाभाइरसबाट थप २१ जनाको मृत्यु भएसँगै हालसम्म मृतकको कुल संख्या ७१५ पुगेको गौतमले जानकारी दिए ।

 

प्रतिक्रिया