बुधबार, असोज ७ २०७७
काठमाडौं ०५:०९
वासिङटन डिसी 19:24

कोलोराडोमा गीत गाउने शिक्षकलाई नाबालिग बिधार्थीसंग यौन दुर्व्यवहार गरेको आरोपमा दोषी ठहर

इनेप्लिज २०७७ साउन २० गते २:११ मा प्रकाशित

 

कोलोराडोमा गीत गाउने शिक्षकलाई नाबालिग बिधार्थीसंग यौन दुर्व्यवहार गरेको आरोपमा प्रकाउ सहित अभियोग लागेको छ । कोलोराडो बासाल्ट माध्यमिक बिद्यालयमा गाउने शिक्षकलाई अगस्त ३ मंगलबार यौन दुर्व्यवहार गरेको आरोपमा दोषी ठहराईएको हो ।

२७ बर्षिय गायक-मण्डलीकी शिक्षक ब्रिटानी भोन स्टेनले नाबालिगलाई यौन दुर्व्यवहार गरेको समाचार स्थानीय एस्पेन टाइम्सले प्रकाशन गरेको छ ।

कोलोराडोको कार्बोन्डेलकी २७ बर्षिय ब्रिट्नी उक्त माध्यमिक बिद्यालयमा गीत गाउने शिक्षकको रूपमा रहेकी थिइन् । गत बर्ष ६ महिनाको अवधिमा किशोर केटासँग यौनसम्बन्ध राखेकी थिइन् ।

उनिलाई गारफिल्ड काउन्टी जिल्ला अदालतमा एक गणनाको नाबालिकलाई यौन दुर्व्यवहारको आरोप सहित दोषी ठहर गरेको छ । “म आफ्नो कार्यको जिम्मेवारी लिन चाहान्छु र सबैलाई पुर्पक्षको क्षतिबाट बचाउन चाहन्छु,” स्टेनले अदालतलाई भनिन ।

उनिलाई २ बर्ष देखि १२ बर्ष सम्म कारागारको सजाय हुन् सक्ने छ भने उनलाई गत सेप्टेम्बर महिना मै प्रकाउ गरिएको थियो । उनिलाई २ हजार देखि ५ लाख सम्म जरिवाना हुन् सक्ने छ ।

श्रोत : के न्युजडटकम ,भेल डेली

प्रतिक्रिया