आइतबार, साउन २२ २०७९
काठमाडौं २२:०४
वासिङटन डिसी 12:19

फ्लोरिडामा एकै दिनमा १२ हजार मानिस संक्रमित ,न्यूयोर्कलाई उछिन्यो

इनेप्लिज २०७७ साउन ११ गते २:०६ मा प्रकाशित

फ्लोरिडामा एकै दिनमा १२ हजार १ सय ९९ मानिसहरु संक्रमित भएका छन । संक्रमितको संख्यामा फ्लोरिडाले न्यूयोर्कको अभिलेखलाई तोडेको जानकारी रोग नियन्त्रण केन्द्रको तथ्यांकले देखाएको छ ।

फ्लोरिडामा हाल सम्म ४ लाख १४ हजार ५ सय ११ जना संक्रमित भएका छन । शनिबार फ्लोरिडामा १ सय २६ जनाको निधन भएको छ । फ्लोरिडा राज्यमा कूल ५ हजार ८ सय ९४ जनको मृत्यु भै सकेको छ ।

तथ्यांक अनुसार ८२ प्रतिसत कोभिड-१९ बाट मृत्यु हुनेहरुमा ६५ बर्ष तथा माथि उमेरका मानिसहरु भएको जनाएको छ ।

श्रोत :युपिआई ;तस्बिर :एनबिसी/मुभिंग डटकम

प्रतिक्रिया