कोलोराडोमा हराई रहेका छायाचित्रकारको शव फेला
इनेप्लिज
२०७७ साउन १० गते १३:५० मा प्रकाशित
अमेरिकाको कोलोराडो राज्यमा हराई रहेका छायाचित्रकारको शव पश्चिम कोलोराडोमा फेला परेको छ । अनुसन्धान तथा उद्धारटोलीले गत शुक्रबार जुलाई २४ का दिन हराई रहेको छायाचित्रकार(फोटोग्राफर)को शव फेला पारेको जनाएका छन ।
उनि लामो पैदल यात्रा(हाइकिङ्ग)मा निस्केका थिए । ६२ बर्षिय कोनराड अर्नेस्ट नामका छायाचित्रकारको शव कोलोराडो नेसनल मोनुमेन्टको दक्षिण तर्फको ग्लेड उद्यानमा फेला परेको मसा काउन्टी प्रहरीले जनाएका छन् ।
उनको शव परीक्षण भने बिचारधीनमा रहेको छ । उनको निधनको अनुसन्धान भै रहेको छ भने कुनै शंका नगरिएको प्रहरीले जनाएका छन । मृतक छायाचित्रकार अर्नेस्टले रातिको समयमा तस्बिर खिच्नेमा विशेषज्ञ गरेका थिए ।
अनुसन्धानकर्ताले उनको मृत शरीरलाई मिराकल रक क्यापग्राउण्डमा उनको सवारी साधन भेटे पछि फेला पारेका थिए ।
श्रोत : एपी/एबिसीन्युज
अमेरिकामा यहीअगस्ट ११ बिहीवार र अगष्ट १२ शुक्रबार जनै पूर्णिमा एवं रक्षाबन्धन मनाईँदै
बाल्टिमोरको गोर्खाली फुटबल क्लबको आधिकारिक जर्सी (गन्जी)अनावरण कार्यक्रम सम्पन्न
अमेरिकाको डिसी क्षेत्रमा आयोजना हुने दशैँ–तिहार महोत्सव २०२२ मा १९७४ एडीका गायक एड्रियन प्रधानको प्रस्तुति हुने
अमेरिकामा गौरा प्रर्दशनी हुने
मगर संघ अमेरिकाको आठौं साधारणसभा सम्पन्न ,आपतकालीन राहत कोषको घोषणा
प्रतिक्रिया