सोमबार, साउन ३० २०७९
काठमाडौं १४:३७
वासिङटन डिसी 04:52

भर्जिनिया मनाससमा कुकुर डोराउदै गरेको युवामाथि छुरा प्रहार

इनेप्लिज २०७७ साउन १० गते १३:२७ मा प्रकाशित

भर्जिनिया राज्यको मनाससमा कुकुर डोराउदै गरेको एक युवामाथि छुरा प्रहार भएको छ । प्रिन्स विलियम काउन्टी प्रहरीका अनुसार गत शुक्रबार जुलाई २४ का दिन बिहानीपख कुकुरलाई डोराउदै गर्दा चक्कु प्रहार भएको जनाएका छन ।

२२ बर्षिय युवालाई मनाससको ओल्ड सेन्टरभिल गार्डेन स्थित आवासगृहमा भएको हो । शुक्रबार बिहान २:४५ मिनेटमा छुरा प्रहार पछि घाइते अवस्थामा उनलाई प्रहरीले फेला पारेका थिए । प्राथमिक उपचार स्वास्थ्य टोली नपुगुन्जेल प्रहरीले आफै उद्धार गरेका थिए ।

उनलाई हाल अस्पतालमा भर्ना गरिएको छ भने उनि खतरा मुक्त छन । प्रारम्भिक अनुसन्धान अनुसार उक्त स्थान पछाडीबाट आएको अज्ञात व्यक्तिले उनि आवासगृहमा फर्कनु अघि छुरा प्रहार गरेका थिए ।

हाल सम्म संदिग्ध व्यक्ति फेला परेका छैनन ।

श्रोत : प्याचडटकम

प्रतिक्रिया