सोमबार, असार २९ २०७७
काठमाडौं १६:१४
वासिङटन डिसी 06:29

शिकागोमा स्मारक दिवस सप्ताहन्तमा भएको गोलीबारीमा १० जनाको मृत्यु,४९ जना घाइते

इनेप्लिज २०७७ जेठ १३ गते २१:२१ मा प्रकाशित

अमेरिकाको इलोनोइज राज्यको शिकागोमा मेमोरियल डे (स्मारक दिवस )सप्ताहन्तमा भएको गोलीबारीमा १० जनाको मृत्यु भएको प्रहरीले जनाएका छन । सन् २०१५ मा यसै समयमा गोलिबारी हिंसा हुँदा १२ जनाको मृत्यु भएको थियो ।

शिकागो प्रहरीका अधिक्षक डेविस ब्राउनले मंगलबार मे २६ का दिन जानकारी दिदै ४९ जनालाई गोली हानिएको जस मध्ये १० जनालाई घातक प्रहार गरिएको पत्रकार सम्मेलनमा बताए ।

शिकागो प्रहरीका अनुसार गत जनवरी १ देखि मे २४ सम्म राष्ट्र कै तेश्रो ठूलो मानव हत्या भएको जसमा २०० जनाको हत्या भएको जनाएका छन । ठिक गत बर्ष १७६ जनाको हत्या भएको थियो ।

यस बर्ष ८२६ गोलीबारी भएको छ भने गत बर्ष ६७९ मात्र भएको थियो । त्यसको साथै अपराधिक यौन आक्रमण,जबर्जस्त घरमा पसी लुटपाट गर्ने र चोरहरुको दोब्बर वृद्धि भएको प्रहरीले जानकारी दिएका छन् ।

गत शुक्रबार देखि मंगलबार बिहान सम्म मात्र १० वटा मानव हत्या भएको छ । गत महिना प्रहरी प्रमुखको रूपमा शपथ लिएका ब्राउनले यस हप्ताको हिंसामा अधिकांश प्रतिद्वंद्वी गिरोह र अवैध लागूऔषधको बिक्रीलाई लिएर झगडा भएको बताए ।

शिकागोमा हरेक दिन ३०० त्यस्ता समूहलाई तितर बितर बनाउन प्रहरीहरु खटाउनु परेको थियो ।

श्रोत :एबिसी न्युज

प्रतिक्रिया