सोमबार, असार २९ २०७७
काठमाडौं १६:०६
वासिङटन डिसी 06:21

भर्जिनिया वुडब्रिजमा १८ बर्षकी किशोरीले ३८ बर्षीय महिलाको गहना लुटने हुँदा पक्राउ

इनेप्लिज २०७७ जेठ ११ गते १२:२५ मा प्रकाशित

अमेरिकाको भर्जिनिया राज्यको वुडब्रिजमा १८ बर्षकी किशोरीले गहना लुटने हुँदा उनलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई गत बुधबार मे २० का दिन दिउसो प्रिन्स विलियम प्रहरी विभागलाई कसैले खबर गरे पछि प्रहरीहरु घटना स्थलमा पुगेका थिए ।

एनियाह रेड नाम गरेकी किशोरीले ३८ बर्षिय महिलासंग भएको गहना जबर्जस्ती लुटेकी थिइन् । लुट्नसाथ पैदल भागेको प्रहरीले जनाएका छन् । प्रहरी अधिकारीका अनुसार उक्त ३८ बर्षिय महिला आफ्ना गहन बेच्न उक्त स्थानमा आएको बताएकी थिइन् ।

वुडब्रिजको ओल्ड ब्रिज रोड स्थित १७०० भवन समूह(बल्क)मा उक्त घटना भएको थियो । प्रहरीले उक्त किशोरीलाई रोके पछि उनिसंग वितरणको लागि गाँजा पनि फेला पारेका थिए ।

उक्त किशोरीलाई डकैत र गाँजा वितरण गर्ने अभियोग लगाईएको प्रिन्स विलियम प्रहरी विभागले जनाएको छ ।

श्रोत : लोकलडिभीएम डटकम ,तस्बिर : लोकलडिभीएम डटकम/प्रिन्स विलियम प्रहरी विभाग

प्रतिक्रिया